बञ्जर र बगर क्षेत्रलाई हरियाली बनाउँदै बाँकेका सामुदायिक वन

Published on

काठमाडौं । बाँकेका सामुदायिक वनले विभिन्न क्षेत्रका बञ्जर र बगर ठाउँलाई हरियालीमा परिणत गर्न सक्रिय भएका छन् । सामुदायिक वनले उत्पादक र मूल्यवान बिरुवाको वृक्षारोपणमा अग्रसरता देखाउँदै वनमा झाडी तथा मूल्यवान नभएका, वञ्जर र वगर क्षेत्रमा मूल्यंवान बिरुवाहरू वृक्षरोपण गरी संरक्षण गर्दै आएका छन् । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा ६ स्थित श्री राप्ती पीडित तथा गुलरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मदन कुमार बुढाले पछिल्ला वर्षमा सामुदायिक वनमा मूल्यवान बिरुवाहरूको वृक्षारोपण बढ्दै गएको बताउनुभयो । उहाँले वन क्षेत्र उत्पादनमूलक हुनुपर्ने जनाउँदै जंगल मात्रै भएर नहुने हुँदा अब जंगललाई गुणस्तरीय र प्रतिफलमूलक बनाउनु पर्ने कुरामा जोड दिनुभयो । राप्तीसोनारी वडा ६ मा मात्रै ५ वटा सामुदायिक वन रहेको जानकारी गराउँदै श्री राप्ती पीडित तथा गुलरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बुढाले सबै सामुदायिक वनले अनुत्पादक र मूल्यवान नभएका वन क्षेत्रमा क्रमशः मूल्यवान बिरुवाहरू रोप्दै आएको बताउनुभयो । 

श्री राप्ती पीडित तथा गुलरी सामुदायिक वन उपभोक्ता समूहले वन क्षेत्रमा पाँच वटा ब्लक बनाएर वृक्षारोपण गरिरहेको छ । जसलेगर्दा पहिले बञ्जर र बगर रहेको वन क्षेत्र हरियाली भएको स्थानीयबासी बताउँछन् । वडा नम्बर ६ का स्थानीय रामु थारुले पहिले नांगो देखिने वन क्षेत्र अहिले घना हरियाली क्षेत्रमा परिणत भएको बताउनुभयो । श्री राप्ती पीडित तथा गुलरी सामुदायिक वन उपभोक्ता समूहले मात्रै अढाई लाख बिरुवा वन क्षेत्रमा हुर्काइसकेको छ । पाँच वटा ब्लक बनाएर क्रमशः विभिन्न प्रजातिका बिरुवाहरू वृक्षारोपण गर्ने, संरक्षण गर्ने काम भैरहेको समूहका अध्यक्ष बुढाको भनाइ छ । वृक्षारोपणपछि बिरुवा हुर्काउने जिम्मेवारीका लागि प्रत्येक ब्लकमा उपसमिति बनाएर संरक्षणको जिम्मा दिईएको जनाउँदै अध्यक्ष बुढाले यसले राम्रो परिणाम देखाइसकेको बताउनुभयो । अध्यक्ष बुढा आफू आउनु अघिकै कार्यसमितिले वनमा वृक्षारोपणको योजना कार्यान्वयनमा ल्याएको बताउँदै त्यसलाई आफ्नो कार्यसमितिले निरन्तरता दिएको बताउनुहुन्छ । ‘प्रति हेक्टर ८ हजार बिरुवा लगाएर हुर्काउनु पर्ने हो, तर लगाएका सबै विरुवा हुर्कदैनन्’, उहाँले भन्नुभयो, ‘अहिले हाम्रो समूहले ८० हेक्टर बढी वन क्षेत्रमा गरेको वृक्षारोपणबाट अढाई लाख बिरुवा हुर्किइसकेका छन् ।’ 

सामुदायिक वनमा वृक्षारोपणका लागि बिरुवा, गोडमेल तथा जनावरबाट जोगाउन तारजाली लगायत प्राविधिक सहयोग डिभिजन वन कार्यालय बाँकेले गर्दै आएको छ । सुरुमा चरिचरण क्षेत्रमा वृक्षारोपण गर्ने भन्दा विरोध भएपनि चरिचरणकालागि वनकै अर्को ठाउँ दिएर संरक्षण गर्दै वृक्षारोपण गरेको अध्यक्ष बुढाले बताउनुभयो । पछिल्लो पटक वृक्षारोपण गरिएको श्री राप्ती पीडित तथा गुलरी सामुदायिक वन उपभोक्ता समूहको ब्लक नम्बर ५ को संरक्षणको जिम्मेवारी लिएका उपसमितिका अध्यक्ष घगिराम खत्रीले अहिलेको वृक्षारोपणले भविष्यमा जंगल उत्पादक र प्रतिफलमूलक हुने विश्वास व्यक्त गर्नुभयोे । उहाँले आफ्नो समूहको वन क्षेत्रमा प्रमुख रूपमा खयर र अर्जुन जातको बिरुवा लगाइएको जनाउँदै रिठा, मौआ, अमला, कटहर पनि रोपेको बताउनुभयो ।  गोरखापत्र

spot_img

ताजा समाचार

मौरिससमा रहेका १४ हजार नेपाली श्रमिकको अधिकारबारे छलफल

काठमाडौँ । मौरिससमा कार्यरत करिब १४ हजार नेपाली श्रमिकको अधिकार, सुरक्षा र मर्यादित रोजगारी...

भीरबाट लडेर बझाङका वडाध्यक्ष टंकप्रसाद जोशीको मृत्यु

बझाङ - बझाङको बुंगल नगरपालिका–७ का वडाध्यक्ष टंकप्रसाद जोशीको भीरबाट लडेर मृत्यु भएको छ। ५०...

बंगालको खाडीमा चक्रवात विकसित हुँदै, नेपालमा ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने

काठमाडौँ - बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली चक्रवातमा परिणत हुने र त्यसको प्रभाव नेपालमा...

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्सबाट एनपीएल खेल्ने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि कर्णाली याक्सले दक्षिण अफ्रिकाका...