सुरुङ्गामा निःशुल्क आँखा शिविर, २४८ जानाले लिए सेवा

Published on

काठमाडौं । सप्तरीको सुरुङ्गा नगरपालिकामा तीनदिने निःशुल्क आँखा उपचार स्वास्थ्य शिविर सुरु भएको छ । सुरुङ्गा नगरपालिकाको आर्थिक सहयोग र नेपाल नेत्रज्योती सङ्घ, सगरमाथा आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा शिविर सुरु भएको हो । शिविरको पहिलो दिन बिहीबार वडा नम्बर २ स्थित जनता मावि भेडियाबाट २४८ जनाले सेवा लिएको सुरुङ्गा नगरपालिकाका नगरप्रमुख गीता चौधरीले बताउनुभयो ।

उहाँले १४९ जना महिला र ९९ जना पुरुषले सेवा लिएकोमा त्यसमध्ये ७८ जना मोतियाविन्दुको रोगी भेटिएकाले उहाँहरुको निःशुल्क अपरेसन गरिने जानकारी दिनुभयो । निःशुल्क शिविरमा नगरपालिकाको वडा नम्बर १, २, ३ र ४ का स्थानीयवासीले आँखा परीक्षण तथा उपचार सेवा लिएको नगरप्रमुख चौधरीको भनाइ छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...