क्यामेरा जडानपछि वन्यजन्तु सिकार नियन्त्रणमा

Published on

काठमाडौं । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) संरक्षित जङ्गलमा सिसी क्यामेरा राखिएपछि वन्यजन्तुको अवैध चोरी सिकारमा नियन्त्रण आएको छ । चोरीसिकार नियन्त्रण तथा बन्यजन्तुको निगरानीका लागि संरक्षण क्षेत्रका संवेदनशील ठाउँमा क्यामेरा जडान गरिएको थियो । एक्यापका इलाका संरक्षण कार्यालय भुजुङका प्रमुख प्रमोद रेग्मीले क्यामेरा जडानपछि वन्यजन्तुको चोरी सिकार भएको नभेटिएको बताउनुभयो । उहाँले यहाँका जङ्गलमा पाइने विभिन्न प्रकारका बन्यजन्तु तथा चराचुरुङ्गीको अबस्थाबारे जानकारी मिलेको बताउनुभयो । उहाँले भन्नुभयो, “विभिन्न १५ ठाउँमा राखिएका क्यामेरामा वन्यजन्तुको सिकार भएको भेटिएको छैन् । बरु कालो भालु, चितुवा, घोरल, रतुवा मृग, नीर बिरालो आदि वन्यजन्तुको अवस्थाबारे जानकारी मिलेको छ ।” रेग्मीका अनुसार एक्याप क्षेत्रका पसगाउँ, तामु, सिङ्दी, भुजुङ, घनपोखराका सैती, सुरलों, सगु, मैदुकुना पाल्मखर्क, रोरोछो, चिसाखर्क लगायतका क्षेत्रमा क्यामेरा जडान गरिएको थियो । 

एक्यापले डाँफे, मुनाल, कालिज, कुखुरा जस्ता पक्षी र कस्तूरी, मृग, घोरल, थार जस्ता वन्यजन्तुलाई पासो थाप्ने वा बन्दुकले सिकार गर्ने सम्भावित जोखिमयुक्त क्षेत्रमा क्यामेरा जडान अभियान चलाएको छ । एक्याप क्षेत्र अन्र्तगतका ल्वाङ, सिक्लेस, भुजुङ, मुस्ताङ, मनाङका विभिन्न स्थानमा क्यामरा जडान गरिएको छ । इलाका संरक्षण कार्यालय भुजुङका प्रमुख रेग्मीका अनुसार चालु बर्षमा पनि जिल्लाका अन्य ठाउँहरुमा पनि क्यामेरा जडान गर्ने कार्यक्रम राखिएको छ । रेग्मीले भन्नुभयो, “क्यामेरा जडान भएको थाहा पाएपछि सिकारीहरु भएको भए पनि सतर्क भएको पाएका छौं । कुन ठाउँमा कस्ता जनावरहरु छन् । उनीहरुको बस्थाबारे जानकारी पाउँदा प्रभावकारी देखिएको छ ।”अन्नपूर्ण संरक्षण क्षेत्रले निकट भविष्यमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधि जोडेर कुनै निश्चित गतिविधि डिटेक्ट हुनासाथ अलार्म वा सूचना दिने प्रणाली विकास गर्नेसमेत योजना बनाएको छ । यस प्रकारको प्रविधिले अन्नपूर्ण संरक्षण क्षेत्रमा वन्यजन्तु संरक्षण र अवैध गतिविधि नियन्त्रणमा महत्वपूर्ण टेवा पुग्ने संरक्षणकर्मीहरुले अपेक्षा गरेका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...