हिउँदे अधिवेशन अझै अन्योलमा

Published on

काठमाडौं । सामान्यता यतिबेला कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन सुरु भइसक्नुपर्ने हो । संसद्मा यसअघि नै दर्ता भएका विधेयकमाथिको छलफल र पारित तथा आवश्यक नयाँ ऐन निर्माणका काम धमाधम चल्नुपर्ने हो तर अघिल्लो अधिवेशन अन्त्य भएको चार महिना बितिसक्दा पनि कर्णाली प्रदेश सभाको अर्को अधिवेशन आह्वान भएको छैन । प्रदेश सभाको दोस्रो कार्यकालको छैटौँ अधिवेशन अर्थात् बजेट अधिवेशन गत साउन २१ गते अन्त्य भएको थियो । बर्से अधिवेशन अन्त्य भएको चार महिना बितिसकेको छ तर हिउँदे अघिवेशन अर्थात् विधेयक अधिवेशन आह्वानको सुरसार नै भएको छैन । बर्से अधिवेशन विशेष गरेर सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेटमा केन्द्रित हुने हुँदा कानुन निर्माणका लागि हिउँदे अधिवेशन बढी सक्रिय रहने कर्णाली प्रदेश सभा सचिवालयले जनाएको छ । कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन आह्वानमै ढिलाइ भइरहेको छ । 

अघिल्लो अधिवेशनमै संसद्मा पेस भएका केही विधेयक छलफलकै क्रममा छन् । केही विषयगत समितिमा पठाइएको थियो । तिनलाई टुङ्ग्याउनका लागि पनि हिउँदे अधिवेशन आह्वान गर्नुपर्ने प्रदेश सभा सचिवालयका सूचना अधिकारी राजेन्द्र पौडेलले बताउनुभयो । सरकारले बैठक आह्वान गरेमा सचिवालयले वैकल्पिक व्यवस्था गर्न तयार रहेको उहाँले बताउनुभयो ।  गत भदौ २४ मा आगजनी र तोडफोडबाट भवनमा क्षति पुगेका कारण पनि तत्कालै बैठक आह्वानमा कठिनाइ देखिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

बाढीपहिरोका कारण पटकपटक अवरुद्ध हुने बिपी राजमार्ग अब अवरुद्ध भएमा आधा घण्टाभित्रै सञ्चालनमा ल्याउने...

गणेश नेपालीलाई उपचारका लागि भारत लैजाने तयारी

त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि भएको घटनामा गम्भीर रूपमा घाइते भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च...

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...