वन डढेलोको जोखिम व्यवस्थापन गर्न राष्ट्रिय रणनीति र कार्ययोजना निर्माण

Published on

काठमाडौं । सरकारले वन डढेलोको जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी राष्ट्रिय रणनीति र कार्ययोजना निर्माण थालेको छ । गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अगुवाइमा उक्त कार्ययोजना निर्माणको काम अघि बढेको हो । त्यसका लागि प्राधिकरणले एक कार्यदल नै गठन गरेको छ । कार्यदलले कार्ययोजनाको मस्यौदा निर्माण गरी सुझाव सङ्कलन गरिरहेको छ । वन डढेलो जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय रणनीति, २०८२ एवं कार्ययोजना, २०८२ र ८३–२०९१ र ९२ तर्जुमा गर्न गठित कार्यदलको आइतबारको बैठकले उक्त कार्ययोजना निर्माणमा विभिन्न निर्णयसमेत गरेको छ । कार्यदलको बैठकले विभिन्न सरोकारवाला निकायबाट प्राप्त संस्थागत सुझावहरू सम्बन्धमा छलफल गर्दै ती सुझाव समेटेर केही दिनभित्रै रणनीतिलाई अन्तिम रूप दिने निर्णय गरेको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो । 

उक्त रणनीतिले वन डढेलो व्यवस्थापन रणनीति, २०६७ को समीक्षा गर्दै वन डढेलोको जोखिम कम गर्ने र मूलतः जानाजान आगो लगाउने कार्यलाई उल्लेख्य रूपमा घटाउनका लागि विस्तृत कार्ययोजना तयार गरेको छ । जानाजानी तथा लापरबाही तबरबाट वनमा आगो लगाउने कार्यले वन डढेलो दिनप्रति दिन जटिल समस्या बन्दै गएको छ । त्यसैले कार्ययोजना नै बनाएर त्यलाई न्यूनीकरण तथा व्यवस्थापनको काम गर्न लागिएको प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टले जानकारी दिनुभयो । डढेलोका कारण हरेक वर्ष अर्बौंको भौतिक क्षतिका अतिरिक्त पर्यावरण तथा पारिस्थितिकी प्रणालीमा क्षति पुगिरहेको छ ।रणनीति र कार्ययोजना तर्जुमाका लागि प्राधिकरणका प्राविधिक सहसचिवको संयोजकत्वमा १२ सदस्यीय समितिले काम गरिरहेको छ । पछिल्लो समयमा डढेलो र आगलागीका घटनामा बढोत्तरी भइरहेको छ । पछिल्लो एक महिनामा मात्रै आगलागीमा नेपालमा विभिन्न जिल्लामा आठ जनाको मृत्यु भइसकेको छ । वन डढेलो लाग्दा ठूलाठूला बस्तीसमेत जोखिममा परेका विगतको उदाहरण रहेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...