एमाले महाधिवेशन : उम्मेदवारी दर्ता साढे ३ बजेसम्म

Published on

काठमाडौं । नेकपा (एमाले) को जारी ११ औं महाधिवेशनमा उम्मेद्वारहरुले फारम भर्ने क्रम जारी छ । आज दिउँसो ३ः३० बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तय गरिएको छ ।  फारम विभिन्न तीन ठाउँबाट वितरण भइरहेको छ । निर्वचन आयोगका एक सदस्यका अनुसार हालसम्म करिब १ हजार जनाले उम्मेद्वारी फारम लग्नुभएको छ ।  विभिन्न प्रदेशका प्रतिनिधिहरु आफ्नो प्रदेशबाट पठाउने केन्द्रीय सदस्यहरुका बारेमा छलफल गरिरहेका छन् । प्रदेशका प्रतिनिधिहरु छलफल गरेर सर्वसहमत नाम पठाउने तयारी गरिरहेका छन् । अधिकांश प्रतिनिधि उम्मेद्वार बन्न इच्छुक रहेकाले समस्या भएको बताएका छन् । 

मधेस, कर्णाली, सुदूरपश्चिम उपत्यका विशेष लगायतका प्रतिनिधिहरु छलफलमा व्यस्त छन् । उम्मेदवारी दर्ताका लागि निर्वाचन आयोगले १ देखि ३.३० सम्म समय दिएको छ । दुई पक्षबाट प्यानल बनाएर र स्वतन्त्र रुपमा पनि उम्मेदवारी पर्ने एमाले नेताहरुको भनाइ छ । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...