रुखबाट लडेर एकको मृत्यु

Published on

काठमाडौं । मकवानपुरको मनहरी गाउँपालिका वडा ७ मा रुखबाट खसेर गम्भीर घाइते एक व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ । मंगलबार मकवानपुरको राक्सिराङ गाउँपालिका वडा ८ टोक्चेराङ घर भइ हाल मनहरी ७ लामाटोलस्थित काका डिसा लामाको घरमा बस्दै आएका सुरेश लामाको मङ्गलबार उपचारको क्रममा मृत्युभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । स्थानीय मनकामना सामुदायिक वनमा घाँस काट्न गएका ३५ वर्षीय सुरेस साजको रुखमा चढेर  घाँस झार्ने क्रममा एक्कासि रुख बाट खस्दा गम्भीर घाइते हुनुभएको थियो ।

रुखबाट खसेर गम्भीर घाइते अवस्थामा उद्धार गरेर उपचारको लागि हेटौँडा अस्पताल ल्याइएकोमा चिकित्सकले उपचारको क्रममा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो । उहाँका अनुसार घटनाको आवश्यक अनुसन्धान भइरहेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...