धनकुटाको पाख्रीबासमा करेन्ट लागेर १४ वर्षीय बालकको ज्यान गयो

Published on

काठमाडौं । धनकुटा जिल्लाको पाख्रीबास नगरपालिका–५ स्थित चौतारामा करेन्ट लागेर एक जना बालकको मृत्यु भएको छ। बुधबार बिहान करिब ९ बजेतिर विद्युतको सपोर्ट तारबाट करेन्ट लाग्दा १४ वर्षीय बालकको घटनास्थलमै ज्यान गएको हो। मृत्यु हुनेमा पाख्रीबास–५ गैरीगाउँ निवासी बादल तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। प्रहरीका अनुसार तामाङ बिहान दाउरा काट्न जङ्गल गएका थिए। सोही क्रममा विद्युतको पोललाई सहारा दिन भुइँमा गाडिएको सपोर्ट तारमा करेन्ट प्रवाह हुँदा उनलाई करेन्ट लागेको थियो।

करेन्ट लागेपछि तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको र मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटा लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रमुख एसपी शरतकुमार थापा क्षेत्रीले जानकारी दिनुभयो।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...