स्थानीय तह रोज्न शिक्षकलाई समय

Published on

काठमाडौं । शिक्षक सेवा उत्तीर्ण भई ताप्लेजुङका लागि सिफारिस आएका शिक्षकलाई स्थानीय तह रोज्न समय दिइएको छ । शिक्षा विकास तथा समन्वय इकाइ ताप्लेजुङले जिल्लाका लागि सिफारिस भएर आएका शिक्षकलाई स्थानीय तह रोज्न अर्थात छनोट गर्न समय दिएको हो । शिक्षक सेवा आयोग उत्तीर्ण गरी स्थायी नियुक्तीका लागि ताप्लेजुङमा सिफारिस भएर आएका पाँच जना शिक्षकलाई स्थानीय तह रोज्नलाई समय दिइएको निमित्त इकाई प्रमुख रामनारायण चौधरीले जानकारी दिनुभयो । चौधरीका अनुसार पुस ६ गते आइतबार सम्मका लागि आफू जान चाहेको स्थानीय तह रोज्न शिक्षकलाई समय दिइएको हो ।

ताप्लेजुङका लागि सिफारिस हुनेमा पाँचैजना माध्यमिक तहको गणित बिषयका शिक्षक रहनुभएको छ । शिक्षा विकास तथा समन्वय इकाइ ताप्लेजुङका निमित्त इकाइ प्रमुख चौधरीका अनुसार शिक्षकले रोज्नुपर्ने स्थानीय तहहरुमा जिल्लाको सिरिजङ्घा गाउँपालिका, पाथीभरा याङ्वरक गाउँपालिका, मैवाखोला गाउँपालिका, सिदिङ्वा गाउँपालिका र फुङ्लिङ नगरपालिका रहेको छ । उक्त स्थानीय तहहरुमा एक–एक वटा दरबन्दी कायम हुनेगरी शिक्षक खटाउन लागिएको र सोही अनुसार शिक्षकहरुलाई इच्छाएको स्थानीय तह रोज्ने गरी समय उपलब्ध गराएको इकाइले जनाएको छ । शिक्षकले रोजेअनुसार मिलाएर सम्बन्धित स्थानीय तहमा पदस्थापन गरिने पनि इकाइले जनाएको छ । इकाइका अनुसार आफूले रोजेका स्थानीय तहमा जानका लागि शिक्षकले निवेदन दिनुपर्ने छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...