सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन् : प्रधानमन्त्री कार्की

Published on

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकार अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेर काम गरिरहेको बताउनुभएको छ । आज ललितपुर महानगरपालिकाको १०७ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले गत भदौ २३ र २४ गतेको जेनजी युवाहरूको आन्दोलनपछि मुलुकमा नयाँ परिस्थिति बनेको अवस्थामा आगामी फागुन २१ गते निर्धारित समयभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने लक्ष्यका साथ अहोरात्र खटेर तयारीका काम अगाडि बढिरहेका बताउनुभयो । “निर्वाचनमार्फत व्यक्त हुने नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न हामी आतुर छौँ । त्यसैले उक्त निर्वाचनलाई कम खर्चिलो, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आ–आफ्नो ठाउँबाट सहयोग गर्न सबैलाई आग्रह गर्दछु । मुलुकलाई संविधानसम्मत, लोकतान्त्रिक विधि र सुशासनको मार्गमा सुरक्षित तवरले अघि बढाउन हाम्रासामु रहेको एकमात्र विकल्प भनेको निर्वाचन हो”, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री कार्कीले समाजमा कुनै पनि खालका अराजकताले ठाउँ पाउनुहुँदैन भन्दै शान्ति खल्बल्याउने, कानुन हातमा लिनेजस्ता अराजक र आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सुरक्षा प्रशासन सक्षम र सक्रिय रहेको बताउनुभयो । “खराब तत्वको प्रतिरोध गर्न समुदायको पनि महत्त्वपूर्ण भूमिका रहन्छ । आउनुहोस्, समाजमा शान्ति कायम गरी सुशासनयुक्त राष्ट्र निर्माणमा हातेमालो गरौँ”, उहाँले भन्नुभयो । समारोहमा ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनले घोषित निर्वाचनलाई सफल गराउन जेनजी समूहले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । महानगरका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले विभिन्न समयमा योगदान पुर्‍याउने विभिन्न तहमा रहेका व्यक्तित्वको योगदानबाट ललितपुर महानगरपालिका आजको अवस्थासम्म आइपुग्न सफल भएको बताउनुभयो । कार्यक्रममा ललितपुर महानगरलाई सबैभन्दा बढी कर तिर्ने संस्था रातो बङ्गाला स्कुल, निराराज्य लक्ष्मी राणासमेतलाई सम्मान गरिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...