सङ्कटपछि पर्यटन क्षेत्रमा उत्साह बढेको छ : अर्थमन्त्री खनाल

Published on

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले राजनीतिक सङ्कटपछि नेपालको पर्यटन क्षेत्रमा उत्साह बढेको बताउनु भएको छ । गोरखापत्र संस्थानको गोरखापत्र डिस्कोर्स उद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री खनालले यस्तो बताउनु भएको हो । ‘‘नेपालको इतिहासमा सर्वाधिक पर्यटक आगमन अक्टोबर २०२५ मा भएको छ । अंग्रेजी वर्षको अन्तिमा आइपुग्दा यो वर्षकै सबैभन्दा बढी पर्यटनको आगमन होला कि जस्तो भएको छ’’, अर्थमन्त्री खनालले भन्नु भयो, ‘‘यो तथ्याङ्क हेरेपछि नेपाल जुनसुकै सङ्कटबाट पनि पुनर्उत्थानमा चाँडै जान्छ भन्ने ठानेको छु ।’’ 

उहाँले  गोरखापत्र संस्थानले आयोजना गरेको आर्थिक परिसंवादको कार्यक्रमले आगामी दिनमा लिनु पर्ने नीतिको खाका तयार हुने आशासमेत व्यक्त गर्नु भएको छ । उहाँले सरकारको कच्चा पदार्थको आयातको तथ्याङ्कले उत्पादन बढेको र उपभोग्य वस्तुको आयतले उपभोग र आयात बढेको जानकारी गराउनु भयो । भदौ महिनामा थोरै ह्रास भए पनि असोज, कात्तिक र मङ्सिरमा आइपुग्दा कर र राजस्व वृद्धि भएको उहाँले प्रष्ट पार्नु भयो । उपभोग र उत्पादन एक हदसम्म बढ्दै गएको उहाँको विश्वास छ ।  

उहाँले दुई दिन अगानी चिनियाँ लगानी कर्ताको सम्मेलनमा सहभागी भएको जानकारीसमेत गराउनु भयो । उहाँले अन्तरिम सरकारले गरेका सुधारको प्रशंसा गर्दै चिनियाँ लगानीकर्ता लगानी गर्न उत्साहित भएको बताउनु भयो । ‘‘सङ्कटपछि लगानीको वातावरण सुधार भएको छ । उत्पादनशील गतिविधि बढाउनका निम्ति पर्याप्त काम नभएको महसुस मैले गरेको छु । हामीले यसको समाधानसमेत सोधेका छौँ’’, उहाँले भन्नु भयो । सरकारले अधिक तरलता र विदेशी मुद्राको सञ्चयलाई उत्पादन र रोजगारी वृद्धिमा काम गर्नुपर्नेमा जोड दिनु भएको छ । उहाँले भन्नु भयो, ‘‘हामीले अधिक तरला विदेशी मुद्राको सञ्चयलाई उत्पादन र रोजगारी वृद्धिमा काम गर्नु पर्छ भन्ने सोचमा छौँ ।’’ गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...