मुलुकको हितमा सरकार र निजी क्षेत्र काँधमा काँध मिलाएर अगाडि बढ्नु पर्छ : उपराष्ट्रपति यादव

Published on

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले मुलुकको हितमा सरकार र निजी क्षेत्र काँधमा काँध मिलाएर अगाडि बढ्नुपर्ने बताउनु भएको छ । गोरखापत्र संस्थानको आयोजनामा भएको ‘गोरखापत्र डिस्कोर्स’को उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्नु हुँदै उपराष्ट्रपति यादवले यस्तो बताउनु भएको हो । ‘‘मुलुकको हितमा सरकार र निजी क्षेत्र काँधमा काँध मिलाएर अगाडि बढ्नुपर्ने आवश्यकता छ’’, कार्यक्रम उद्घाटन समारोहमा शुभकामना दिनुहुँदै उपराष्ट्रपति यादवले भन्नुभयो । उहाँले मुलुकको आर्थिक विकासमा निजी क्षेत्र र सरकार सँगसँगै अगाडि बढाउनु पर्नेमा जोड दिनुभएको हो । उहाँले बैङ्क तथा वित्तीय क्षेत्रमा थन्किएको पुँजीलाई आर्थिक विकासमा लगाउनु पर्नेमा समेत जोड दिनु भएको छ । उपराष्ट्रपति यादवले कृषि र पर्यटनमा लगानी बढाएमा आर्थिक विकासले गति लिने विश्वास व्यक्त गर्नु भएको छ । 

उहाँले गोरखापत्रले आयोजना गरेको बहसले सरकार, नीति निर्माता र निजी क्षेत्रलाई एउटै मञ्चमा ल्याउन सहायक सिद्ध बनेको बताउनु भयो । नेपालको गौरवमय इतिहास बोकेको गोरखापत्रको शताब्दी रजत र दी राइजिङ नेपाल ६१ वर्ष प्रवेश गरेको अवसरमा शुभकामना दिनु हुँदै यस्तो बताउनु भएको हो । गोरखापत्र ऐकेडेमी सञ्चालनमा ल्याएको बहसले मुलुकको समग्र अर्थतन्त्रलाई सरकारको प्रयास र निजी क्षेत्रको अपेक्षामा समन्वय गर्ने विश्वास उपराष्ट्रपति यादवले व्यक्त गर्नु भएको छ । जेनजी आन्दोलनपछि अर्थतन्त्रमा महत्त्वपूर्ण निचोडका लागि सहकार्यको आवश्यकता देखिएको समयमा यो कार्यक्रम महत्त्वपूर्ण बन्ने विश्वास उहाँको छ  । यो कार्यक्रम जेनजी माग अनुसार भएको उहाँले बताउनु भयो । ‘पारदर्शीता, सुशासन भ्रष्टाचार मुक्त समाज, सरल सार्वजनिक सेवा र देशभित्र रोजगारीको मागसहित उठेको जेनजी आन्दोलनपछि गोरखापत्रले अगाडि बढाएको यो कदम महत्त्वपूर्ण छ’,उहाँले भन्नु भयो । 

उहाँले गोरखापत्र इतिहासको जीवन्त दस्तावेज भएको उहाँले बताउनु भयो । उहाँले गोरखापत्रको योगदान राष्ट्रिय एकतामा समेत विशेष भएको उल्लेख गर्नु भयो । ‘इतिहास र परिवर्तनको जीवन्त दस्तावेज हो । राणाकालदेखि गणतन्त्रसम्म गोरखापत्रले आम नागरिकको आवाज निरन्तर उठाएको छ । यसले राष्ट्रिय एकतामा उल्लेखनीय योगदान गरेको छ ।’ उहाँले पत्रकारिताले नीति निर्माण तहसम्म जनताको आवाज पुर्‍याउनु पर्नेमा समेत जोड दिनुभयो । ‘निजी क्षेत्र आर्थिक क्षेत्रको इन्जिन हो । यसलाई पत्रकारिताले सहयोग गर्नुपर्छ’, उहाँले भन्नुभयो, ‘पत्रकारिताले नीति निर्माणमा जनताको आवाज पुर्‍याउने काम गर्नु पर्छ ।’ गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...