स्थानीय तहलाई काम गर्न कसैले रोक्न सक्दैनन् : महानगर प्रमुख महर्जन

Published on

काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्थानीय तहलाई काम गर्न कसैले रोक्न नसक्ने प्रष्ट पार्नुभएको छ । गोरखापत्र संस्थान र गोरखापत्र एकेडेमीले आयोजना गरेको ‘गोरखापत्र डिस्कोर्स’को ‘स्मार्ट पूर्वाधार विकास र व्यवस्थापन’ बहसमा सहभागी हुनुहुँदै यस्तो बताउनुभएको हो । ‘‘स्थानीय पालिका हरेक काम गर्न स्वयत्त छन् । काम गर्न हामीलाई कसैले रोक्न सक्दैन । राम्रो काम गर्न बाटो खुला छ । काम गरेर देखाउन सक्यो भने स्थानीय तहमा पैसको समस्या हुँदैन’’, उहाँले भन्नुभयो । 

संघ, प्रदेश र स्थानीय तहको एकीकृत कामका लागि अहिले भएका कानुनलाई आमुल परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विकासका काममा स्टेक होल्डरले समन्वयन गर्नुपर्नेमा जोड दिनुभयो । आफू नगरप्रमुख भएपछि स्टेक होल्डरसँग सहयोगका लागि विवरण माग्दा त्यो प्राप्त नभएको गुनासो गर्नुभयो । विकासमा सङ्घीयताको मर्मलाई बुझेर सबैले काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...