दुर्घटना न्यूनीकरण गर्न गणेशमान पार्कको आकार घटाइँदै

Published on

काठमाडौं । तनहुँको सदरमुकाम दमौलीस्थित व्यस्त गणेशमान चोकमा रहेको ‘गणेशमान सिंह पार्क’ लाई ट्राफिक व्यवस्थापन र सवारी दुर्घटना न्यूनीकरणका लागि पुनर्निर्माण गर्न थालिएको छ । व्यास नगरपालिका वडा नम्बर २ ले सडकमा हुने चापलाई मध्यनजर गर्दै पार्कको ठुलो संरचनालाई भत्काएर सानो र व्यवस्थित आकारमा ढाल्न लागेको हो । नेपाली राजनीतिका शिखर पुरुष, लौह पुरुष गणेशमान सिंहको स्मृतिमा निर्माण गरिएको यो पार्कले दमौलीको ऐतिहासिक र राजनीतिक गरिमा बोकेको छ । वि.सं. २०४६ सालको जनआन्दोलनका कमाण्डर सिंहले नेपालमा प्रजातन्त्र पुनःबहालीका लागि पु¥याउनुभएको अतुलनीय योगदानको कदर गर्दै यहाँ उहाँको पूर्णकदको शालिकसहितको पार्क निर्माण गरिएको थियो । विशेषगरी तनहुँका ‘गणेशमान’ भनेर चिनिनुहुने प्रजातन्त्रका सेनानी स्वर्गीय मोतीकुमार श्रेष्ठको अथक पहल र सक्रियतामा यो पार्कको निर्माण सम्भव भएको गणेशमान सिंह अध्ययन, अनुसन्धान तथा पार्क संरक्षण समितिका अध्यक्ष रामचन्द्र बस्नेतले जानकारी दिनुभयो ।

गणेशमान सिंह पार्क संरक्षण समितिका अध्यक्ष रामचन्द्र बस्नेतले पार्कको आकार घटाइए पनि यसको गरिमा र गणेशमान सिंहको योगदानलाई जीवन्त राख्नुपर्नेमा जोड दिनुभएको छ । “गणेशमान सिंह जस्तो महान् नेताको स्मृतिमा बनेको यो पार्क हाम्रो जिल्लाको धरोहर हो । सडक व्यवस्थापनका लागि केही भाग भत्काउनु परे पनि शालिकको सुरक्षा र पार्कको सौन्दर्यलाई अझै निखार्ने गरी काम हुनुपर्छ,’’ बस्नेतले बताउनुभयो । दुर्घटना न्यूनीकरण र आवतजावतमा सहजता हाल गणेशमान चोक भएर दैनिक २० हजारभन्दा बढी मानिस र हजारौँ सवारी साधन आवतजावत गर्ने गर्दछन् । सडकको बिचमा पार्कको आकार ठुलो हुँदा सवारी मोडिन समस्या हुने र दुर्घटनाको जोखिम बढेकोले यसलाई सुधार गर्न लागिएको हो ।

व्यास नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष काशीराम श्रेष्ठका अनुसार पार्कलाई  चार लाख ५० हजार रुपियाँको लागतमा सानो आकारमा पुनर्निर्माण गर्न लागिएको छ । श्रेष्ठले भन्नुभयो, “सडक साँघुरो भएका कारण सवारी आवागमनमा बाधा पुगेको र पैदलयात्रीलाई समेत असहज भएकाले जनचाहना अनुसार नै पार्कको सौन्दर्य नमर्ने गरी यसलाई व्यवस्थित बनाउन लागेका छौं ।’’ पुनर्निर्माण पश्चात यो चोकमा सवारी जाम कम हुने र पैदलयात्रीलाई हिँडडुल गर्न सहज हुने अपेक्षा वडा कार्यालयले लिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...