कञ्चनपुरमा पहिलो पटक प्रविधिको सहायताबाट सवारी साधनको गति परीक्षण सुरु

Published on

काठमाडौं । कञ्चनपुरमा पहिलो पटक प्रविधिको सहायताले सवारी साधनको गति परीक्षण थालिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले सवारी साधनको गति जाँच गर्न ‘राडार स्पिड गन’को प्रयोग गर्न थालेको हो । बजार क्षेत्रमा प्रतिकिलोमिटर ३० को गतिमा सवारी साधन चलाउन पाइन्छ । तर जिल्लाका भिडभाड हुने क्षेत्रमा समेत तीव्र गतिमा सवारी साधन चलाइएको पाइपछि यस पटक ‘राडार स्पिड गन’ को सहायताबाट सवारीसाधनको गति परीक्षणको काम भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी निरीक्षक वलेन्द्र नाथले जानकारी दिनुभयो । उहाँका अनुसार, हाल महेन्द्रनगर बजारमा सवारी साधनहरूको प्रविधिबाट गति परीक्षणको काम भइरहेको छ ।

“यस क्षेत्रमा तीव्र गतिमा सवारी साधन चलाइरहेको भेटिएपछि गति जाँच गर्नका लागि प्रविधि उपलब्ध गराउन सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयलाई आग्रह गरेका थियौँ”, उहाँले भन्नुभयो, “जसैअनुरुप सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले उपकरण उपलब्ध गराएपछि हाल मुख्य सडक तथा सहरमा परीक्षण सुरु गरेका छौँ ।” महेन्द्रनगर बजार क्षेत्रमा प्रतिकिलोमिटर ५० भन्दा बढीको गतिमा सवारी साधन चलाइरहेका दुई सवारी साधनलाई जरिवाना पनि गरिएको ट्राफिक प्रहरी निरीक्षक नाथले बताउनुभयो । महेन्द्रनगरमा गत मङ्सिर २८ गतेदेखि उक्त प्रविधि प्रयोगमा ल्याइएको हो । जसमध्ये प्रतिकिलोमिटर ५४ को गतिमा चलाइरको कार एक चालकलाई जरिवाना गरिएको छ । यसैगरी प्रतिकिलोमिटर ५९ को गतिमा चलाइरहेको मोटरसाइकल चालकलाई पनि पहिलो पटकका लागि पाँच सय रुपियाँ जरिवाना गरिएको ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । हाल सम्म महेन्द्रनगर क्षेत्रमा झन्डै तीन सय सवारी साधनको गति परीक्षण गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

यसैगरी, ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले महेन्द्रनगरस्थित विद्यालय, विश्वविद्यालय तथा  भीमदत्त नगरपालिकामा ट्राफिक सचेतनासम्बन्धी कार्यक्रम पनि सञ्चालन गरिएको जनाएको छ । सवारी साधन चलाउँदा धेरै गतिमा नचलाउन, सडक वारपार गर्दा जेब्रा क्रसिङबाट यात्रा गर्न तथा मापसे सेवन गरेर सवारी साधन नचलाउन कार्यक्रममा सहभागीहरूलाई आग्रह गरिएको ट्राफिक प्रहरी निरीक्षक नाथले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...