गुल्मीमा मृत भेटिएको १३ दिनपछि शवको पहिचान

Published on

काठमाडौं । गुल्मी रेसुङ्गा नगरपालिका–४ मोत्तियारस्थित पनाहा खोलामा भेटिएको शवको पहिचान भएको छ । उहाँ रेसुङ्गा नगरपालिका–का ३४ वर्षीय मनोज पोख्रेल हुनुभएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । उहाँको शव मङ्सिर २० गते पनाहखोलामा भेटिनुभएको थियो । जिल्ला प्रहरी कार्यालय गुल्मीमा प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुका अनुसार बुबा कृष्णप्रसाद पोख्रेलले छोरा रहेको सनाखत गर्नुभएको छ । मनोज मङ्सिर १८ गतेबाट घरबाट हराएका थिए । शरिरमा चोटहरु भएकाले आफैँ मरे वा कसैले हत्या गरेर फाल्यो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीले घटनाको बारेमा सुष्म रुपमा अनुसन्धान भइरहेको र शवको पहिचान भएकाले थप काम हुने प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीका अनुसार गुल्मीमा अनुसार २०८१ मङ्सिरदेखि आजसम्म एक वर्षको अवधीमा ६७ जनाको घर बाहिर विभिन्न अवस्थामा शव भेटिएको छ । जसमा महिला २० र ४७ जना पुरुष रहेका छन् । महिलाको तुलनामा पुरुष दोव्वरले मृत भेटिने गरेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नारायण प्रसाद अधिकारीका अनुसार मानसिक सन्तुलन गुमाएका, उमेर पुगेर एक्लो बनेका वृद्ध–वृद्धा, अपाङ्ग, अत्यधिक मादक पदार्थ सेवन गर्ने व्यक्तिहरु घर बाहिर शव भेटिने गरेको छ । अधिकारीकाले व्यक्ति, परिवार र समुदायका कारण यो अवस्था देखिएको बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...