खोटाङमा कुटपिटबाट एकको मृत्यु

Published on

काठमाडौं । खोटाङमा कुटपिटबाट एक व्यक्तिको मृत्यु भएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–९, निर्मलीडाँडा सिगानेका ५८ वर्षीय पदम रोक्काको कुटपिटबाट मृत्यु भएको हो। सोही ठाउँका ५० वर्षीय दिलकुमार भुजेलले पुस ६ गते बिहान ११ बजेको समयमा मादक पदार्थ सेवन गरेर विवाद हुँदा कुटपिटबाट रोक्काको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । कुटपिटमा संलग्न भुजेललाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय ल्याइसकेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सुशान्त मिश्रले बताउनु भयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...