चिसोले सप्तरीको जनजीवन प्रभावित

Published on

काठमाडौं । सप्तरीमा एक सातादेखि बढेको चिसोले यहाँको जनजीवन प्रभावित भएको छ । अत्यधिक जाडोसँगै चलेको चिसो हावाले सदरमुकाम राजविराजसहित ग्रामिण भेगका जनजीवन प्रभावित बनेको हो । चिसो बढेको एक साता हुन लाग्दा पनि यहाँको स्थानीयहरूले दाउरा लगायतका सामग्री उपलब्ध गराउन सकेको छैन । चिसो बढेसँगै विद्यालय जाने विद्यार्थी र वृद्धवृद्धा प्रभावित भएका छन् भने चिसो छल्न ग्रामिण भेगमा बिहानै देखि घुर तापेर स्थानीयहरू बस्दै आएका हुन् ।

मौसममा आएको परिवर्तन र लगातार चलिरहेको चिसो हवाका कारण विद्यालयमा विद्यार्थीको उपस्थिति घटेको बताउनु हुन्छ आधारभूत विद्यालय छपकी भथौलका प्रधानाध्यापक शिवनाराण यादव। उहाँले अत्यधिक चिसो बढेको यस्तो बेलामा विपन्न गरिव परिवारका बालबालिकासँग पर्याप्त लुगा नहुँदा पनि विद्यालयमा उपस्थिति केही कम भएको बताउनु भयो । रूपनी गाउँपालिकाका अध्यक्ष दिनेशकुमार यादवले जाडो छल्न दाउरा व्यवस्थापनमा लागि रहेको बताउनु भयो । उहाँले पालिका भरिका वडाको विभिन्न स्थानमा दाउरा वितरण र गरिब तथा विपन्न परिवार र अपाङ्गका लागि कम्बलको पनि व्यवस्थान भइरहेको जानकारी दिनु भयो ।

चिसो बढेपछि जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बस्ने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत युगेशकुमार यादवले बताउनु भयो । उहाँले जिल्लामा रहेका १८ वटै पालिका प्रमुखसँग छलफल भइरहेको र छिट्टै नै बैठक बसेर दाउरा उपलब्ध, न्यायो कपडा वितरण जस्ता आवश्यक निर्णय गरी कार्यान्वय गरिने उहाँले जानकारी दिनु भयो । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...