उत्तरी गोरखाको दोभान-जगत सडक सञ्चालनमा

Published on

काठमाडौं । उत्तरी गोखाको बेनीघाट-आरुघाट-लार्के सडक अन्र्तगत पर्ने दोभान-जगत सडक खण्ड पाँच दिनपछि पुन सञ्चालनमा आएको छ । धार्चे गाउँपालिका-३ स्थित कालोभीर क्षेत्रमा ठुलो ढुंङगा खसेपछि पूर्ण रुपमा अवरुद्ध बनेको सडक ब्रेकर प्रयोग गरेर ढुंङगा फुटाउने तथा सरसफाई कार्य समपन्न भएपछि मंगलबारदेखि सडक खुला गरिएको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिनुभयो । धेरैमाथि भीरबाट खसेको ठुलो ढुङ्गाले सडककोबिच भागमा अड्किएपछि सवारी आवगमन ठप्प भएको थियो, गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले भन्नुभयो, ‘सुरक्षाका दृष्टिले जोखिमपूर्ण भएकाले सामान्य उपकरणले हटाउन नसकिएको तथा ढुङ्गालाई ब्रेकर प्रयोग गरेर चरणबद्ध रुपमा फुटाएर सडक सञ्चालनमा ल्याइएको छ ।’

धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जारी गरेको सुचनामा कठिन परिस्थितीका बाबजुद सुरक्षालाई उच्च प्राथामिकता दिदै काम गरिएको उल्लेख गर्दै सहयोग गर्ने सबै निकाय र स्थानियबासी प्रति धन्यवाद व्यक्त गर्नुभएको छ । हाल सडक एकतर्फी रुपमा सञ्चालनमा आएको र थप जोखिम नदेखिएकासम्म साबधानीपुर्बक सवारीसाधन सञ्चालन गर्न अनुरोध गरिएको छ । यो सडक खण्ड धार्चे र चुमनुब्री गाउँपालिका लगायत उत्तरी गोरखाबासीहरुलाई सदरमुकाम जोड्ने साथै मनासलु संरक्षण क्षेत्र पुग्ने मुख्य मार्ग भएकाले अवरोध हटेसँगै स्थानियबासीले राहात महसुस गरेका छन् । पाँच दिनको अवरोधका कारण खाद्यान्न, औषधी, निर्माण सामग्री ढुवानीमा समस्या हुनुका साथै बिरामी तथा आपतकालीन सेबामा समेत कठिनाई उत्पन्न भएको थियो । सडक खुलेसँगै बजार आपुर्ति र दैनिक आवगमनमा क्रमश सहज हुने अपेक्षा गरिएको छ । 

गाउँपालिकाले हिउँद वा बर्खायाममा पनि पुन जोखम बढ्न सक्ने भन्दै सवारी चालकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ । साथै दिर्घकालिन समाधानका लागि कालोभीर जस्ता जोखिमयुक्त स्थानमा संरक्षणत्माक संरचना निर्माण गर्न प्रदेश सरकार र संघिय सरकार संग समन्वय भइरहेको पालिका अध्यक्ष गुरुको भनाइ छ । स्थानीयबासीले स्थायी समाधान भएमात्र हरेक वर्ष दोहोरिने सडक अबरोधले समस्या अन्त्य हुने बताएका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...