सुशीलाको हत्यामा संलग्नलाई कारबाही गर्न माग

Published on

काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका–४ धुराफाँट निवासी ३२ वर्षीया सुशीला बम्जनको हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै स्थानीयले जिल्ला प्रहरी कार्यालय, सिन्धुलमा घेराउ गरेका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीले मङ्गलबार विज्ञप्ति जारी गर्दै घट्नामा संलग्न भएको आशङ्कामा मृतककी सासू ५९ वर्षीया मायारानी बम्जन र नन्द ३५ वर्षीया मीना लामा (बम्जन) लाई पक्राउ गरी थप अनुसन्धान सुरु गरेपछि स्थानीयले दबाब दिएका हुन्। 

पक्राउ परेका दुबै जनाले आइतबार (पुस ६ गते) दिउँसो अन्दाजी साढे ४ बजे घरको भान्सा कोठामा मृतकको शरीरमा पेट्रोल छर्की आगो लगाई हत्या गरेको प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। मृतक सुशीलाका आफन्त र स्थानीयले मङ्गलबार सुशीलाको न्याय र घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै दबाब दिएका हुन्। शरीरमा पेट्रोल छर्केर आगो लगाएर मार्न थालेपछि सुशीलाले चिच्याएर बचाउन हारगुहार गरेको सुनेपछि स्थानीय घरमा आउँदा गेटमा ताल्चा लगाएको, कोठामा आगो लगाइएको, नन्द मीना घरको गल्लीमा उभिइरहेको र आगो दनदनी बलिरहेको स्थानीय बताउँछन्।

स्थानीयका अनुसार सुसुरा, सासू र नन्दले सुशीलालाई पाँच वर्षभन्दा बढी समयदेखि विभिन्न बहानामा निरन्तर मानसिक, शारीरिक यातना दिँदै आएको बताइएको छ। पछिल्लो दुई महिनादेखि नन्द मीनाले सुशीलालाई घर छोडेर नगए मार्छु भन्दै निरन्तर धम्की दिएको खुलेको छ। मृतकका श्रीमान् सूर्य बम्जन भने हाल वैदेशिक रोजगारीका सिलसिलामा कोरियामा छन्। गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...