कास्की कारागारबाट फरार थुनुवा लमजुङमा पक्राउ

Published on

काठमाडौं । जेनजी आन्दोलनको मौका छोपेर कास्की कारागारबाट फरार एक जना थुनुवा लमजुङबाट पक्राउ परेका छन् । कर्तव्य ज्यानको कसुरमा कास्की कारागारमा रहेका लमजुङको दूधपोखरी गाउँपालिका–५, कोल्कीका ४५ वर्षीय मनबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । उनी गत भदौ २४ गते फरार भएका थिए ।

उनलाई प्रहरी चौकी गौंडाबाट खटिएको प्रहरी टोलीले मङ्गलबार नियन्त्रणमा लिई कानुनी प्रक्रियापछि कास्की कारागारमा बुझाइएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब उपरीक्षक रेशम बोहोराले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार भदौ २४ गते कास्की र तनहुँ कारागारबाट फरार भएका कैदी तथा थुनुवामध्ये हालसम्म लमजुङबाट ४६ जनालाई पक्राउ गरी सम्बन्धित कारागारमा बुझाइसकिएको छ । गत असार ३२ गते लमजुङ कारागारको गेट नजिकको पर्खाल भत्किएर सुरक्षा जोखिम बढेपछि लमजुङ कारागारमा रहेका १०९ जना कैदी तथा थुनुवालाई कास्की र तनहुँ कारागारमा स्थानान्तरण गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय लमजुङले फरार प्रतिवादीबारे सूचना भएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराइदिन आग्रह गरेको छ । प्राप्त सूचनाको गोपनीयता कायम राखिने प्रहरीले स्पष्ट पारेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...