गोरु पाल्ने किसानलाई प्रोत्साहन रकम वितरण गरिँदै

Published on

काठमाडौं । खेतबारीमा हराउँदै गएको हल गोरुको संस्कृति जोगाउन बैतडीका किसानलाई प्रत्यक्ष राहत पुग्ने कार्यक्रम अघि सारिएको छ । परम्परागत खेती प्रणालीलाई जोगाइराख्ने उद्देश्यसहित जिल्लाका चार स्थानीय तहमा हल गोरु पाल्ने किसानलाई प्रोत्साहन रकम वितरण गरिने भएको हो । जिल्लाको शिवनाथ, पञ्चेश्वर, सिगास र डिलाशैनी गाउँपालिकाका गरी दुई सय किसानलाई लक्षित गर्दै प्रतिकिसान पाँच हजार रुपियाँका दरले उपलब्ध गराइने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख गुमानि दत्त पन्तले बताउनुभयो ।

छनोट भएका प्रत्येक पालिकाबाट ५०–५० जना किसानलाई यस योजनामा समेटिने उहाँले बताउनुभयो । कार्यक्रमका लागि इच्छुक किसानले सम्बन्धित पालिकाको पशु सेवा शाखामा तोकिएको मितिभित्र आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ । हल गोरु पालेको प्रमाणका रूपमा फोटो, वडाको सिफारिस तथा परम्परागत रूपमा खेती गर्दै आएको विवरण अनिवार्य गरिएको कार्यालय प्रमुख पन्तले बताउनुभयो । कम आय भएका, दुर्गम क्षेत्रका र हल गोरुबाटै जीविकोपार्जन गर्दै आएका किसानलाई प्राथमिकतामा राखिने पन्तले बताउनुभयो । यस कार्यक्रमका लागि प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सुदूरपश्चिमका सबै जिल्लामा बजेट विनियोजन गरेको बताएको छ ।

परम्परागत खेती प्रणाली संरक्षणसँगै किसानको आयस्तर सुधार गर्ने अपेक्षासहित यो कार्यक्रम लागू गरिएको सम्बन्धित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रकले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...