अत्यधिक चिसोले बोदेबर्साइनका विद्यालय पाँच दिन बन्द

Published on

काठमाडौं । अत्यधिक चिसो बढेपछि सप्तरीको बोदेबर्साइन नगरपालिकाले पाँच दिनसम्म विद्यालय बन्द गरेको छ । नगरपालिकाले बुधबारदेखि पुस १३ गतेसम्म पाँच दिनका लागि नगरभित्र रहेको सबै विद्यालय बन्द गरेको हो । शीतलहरका कारण बढेको अत्यधिक चिसोका कारण सामान्य जनजीवन प्रभावित भई बालबालिकाहरुलाई विद्यालय आउन जान असहज हुने भएकोले बर्तमान परिस्थितिलाई मध्यनजर गर्दै विद्यालयहरु बन्द गरिएको नगरप्रमुख आतेशसिंह यादवले बुधबार जारी गर्नुभएको सूचनामा उल्लेख छ । सप्तरीमा विगत एक सातादेखि चिसो बढेको र दुई दिनदेखि चलेको शीतलहरले यहाँको जनजीवन प्रभावित पारेको हो ।बिहान–बेलुका हुस्सु लाग्ने र चिसो हावा चल्ने गरेका कारण बालबालिका, वृद्ध, पशु चौपायासमेत प्रभावित भएका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...