चितुवाको आक्रमणबाट महिलाको मृत्यु

Published on

काठमाडौं । बर्दियामा चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बारबर्दिया नगरपालिका वडा १० बैदीमा रहेको फेनापति सामुदायिक वनमा घाँस काट्न गएकी महिलाको चितुवाको आक्रमणबाट मृत्यु भएको हो । चितुवाको आक्रमणबाट मृत्यु हुनेमा बारबर्दिया नगरपालिका वडा १० बैदी बस्ने ५० वर्षीया पावती डाँगी हुन् । घरदेखि करिब २.५ किलामिटर दक्षिणमा रहेको सामुदायिक वनमा घाँस काट्न गएको अवस्थामा एक्कासी चितुवाले आक्रमण गरेको थियो । चितुवाको आक्रमणबाट डाँगीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक देवेन्द्र बहादुर मल्लले बताउनुभयाे ।

पछिल्लो समयमा बर्दियामा बाघको आक्रमणबाट मृत्यु हुने क्रम बढ्दै गएको छ । गत पुस २ गते सोही वडा बस्ने ३१ वर्षीया दिनेश चौधरीको पनि चितुवाको आक्रमणबाट मृत्यु भएको थियो । डिभिजन वन कार्यालयका अनुसार सामुदायिक वन क्षेत्रमा मात्र चालु आर्थिक वर्षको हालसम्म ४ महिला र एक पुरुष गरि ५ जनाको चितुवाको आक्रमणबाट मृत्यु भएको छ । सामुदायिक वनमा चितुवाले लगातार आक्रमण गर्न थालेपछि स्थानीयबासीहरू आक्रोसित बनेका छन् । गत पुस ३ गते बाघलाई नियन्त्रण लिनुपर्ने माग गर्दै सोही वडाका स्थानीयवासी जिल्ला प्रशासन कार्यालय घेराउ गरेका थिए । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...