छोराछोरी बिद्यालय पठाएर आमाहरु सिलाइकटाइमा

Published on

काठमाडौं । मदाने गाउँपालिका –३ सिर्सेनीकी मिना अर्यालले छोराछोरी बिद्यालय पठाएपछि ११ बजे गुल्मी उद्योग बाणिज्य संघको हलमा सिलाइकटाइ सिक्न आउनुहुन्छ । उहाँले केही समय पहिले पैसा तिरेर पनि केही समय सिलाइकटाइ सिके पनि पूरा गर्न सक्नु भएको थिएन् । श्रीमान भोजराज अर्याल नेपाली सेनामा कार्यरत हुनुहुन्छ । मिना छोराछोरी पढाउन गाउँबाट सदरमुकाम तम्घास आएर बस्नु भएको छ । छोराछोरी बिद्यालय पठाएपछिको फुर्सदिलो समयको सदुपयोगमा अर्याल हुनुहुन्छ । उहाँले भन्नुभयो, “आफ्नो हातमा सीप भएपछि व्यवसाय नगरे पनि आफूलाई काम चल्छ । तर, व्यावसायिक रुपमा उद्यम गर्ने सोँचका कारण तालिममा आएकी हुँ ।” गुल्मीदरवार –७ चारपालाकी सीता विक सुनारले गाउँमै सिकेर सिलाइकटाइको आधारभूत ज्ञान प्राप्त गर्नुभएको थियो । 

अहिले तम्घासमा छोराछोरी पढाउन आउनुभएको छ । श्रीमान साउदी गएका पाँच–सात बर्ष भए । उहाँ पनि छोराछोरी बिद्यालय पठाएपछि बिहान ११ बजेबाट ४ बजेसम्म सिलाइकटाइको अभ्यासमा व्यस्त हुनुहुन्छ । इस्मा गाउँपालिका –३ दलार्मचौरकी दिलकुमारी नेपालीका श्रीमान रामबहादुर नेपाली परदेश हुनुहुन्छ । पहिलेनै आधारभूत ज्ञान र घरमै मेसिन भएकाले सिलाइकटाइ गर्दै आउनुभएको छ । नयाँ सीपको लागि अहिले तालिममा सहभागी हुनुहुन्छ । उहाँले सबै साथीहरुको केही न केही सीप रहेकाले व्यवसायमा जोडिए राम्रोसँग घरखर्च चलाउन सकिने बताउनुभयो । रेसुङ्गा नगरपालिका –६ की पार्वती अर्यालले छोराछोरीलाई बिद्यालय पठाएपछि तालिममा आउनुहुन्छ । श्रीमान लेखनाथ अर्याल शिक्षक हुनुहुन्छ । उहाँको सीपमा श्रीमान र परिवारको सहयोग छ । ब्राह्मणको छोरीबुहारीले सिकाइकटाइ गर्न नहुने सामाजिक सोँच भए पनि आफूलाई सधै सहयोग रहेकाले पहिले पनि भारतीय पेन्सन क्याम्पमा निःशुल्क ६ महिने सिलाइकटाइ तालिम लिएको अर्यालले बताउनुभयो । उहाँले सीपमा जात नहुने बताउनुभयो । घरेलु तथा साना उद्योग कार्यालयले रेसुङ्गा नगरपालिकाको समन्वयमा ४५ दिन एडभान्स सिलाइकटाइ तालिम सञ्चालन गरेको छ । प्रशिक्षक श्यामकला भलामीले सवै दिदीबहिनी सिक्न उत्साहित भएर आएको बताउनुभयो ।

उहाँले सबै आमाहरु भएकाले कसैले छोराछोरी सँगै लिएर समेत समयमै तालिममा आएर बस्ने गरेको बताउनुभयो । भलामीका अनुसार सीपमा दक्षता भएपछि मेसिन, आइरन र टेबुल गरेर करिव ३५ हजार रुपियाँ अगानी भए व्यावसायिक रुपमा काम गर्न सकिने बताउनुभयो । १४ बर्षको उमेरबाट सिलाइकटाइ गरिरहनु भएकी भलामी घरेलुकै तालिमबाट व्यवासाय गर्ने र प्रशिक्षक समेत हुनुहुन्छ । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख राजीव अर्यालले सबै पालिकामा माग र आवश्यकताको आधारमा विभिन्न तालिमहरु सञ्चालन भइरहेको बताउनुभयो । उहाँले तालिममा राज्यको थुप्रै रकम लगानी भएकाले प्रमाणपत्र मात्र हाँसिल गर्ने भन्दा व्यवहारमा उद्यम गरेर अर्थोपार्जन गर्न आग्रह गर्नुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...