देवघाट क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिने

Published on

काठमाडौं । हिन्दु धर्माबलम्बीहरुको प्रमुख धार्मिक क्षेत्रको रूपमा परिचित देवघाटघाम क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिने भएको छ । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष डा. ईश्वरीराज लौडारीले दिनुभएको जानकारी अनुशार प्लाष्टिक निषेधित क्षेत्र घोषणाको औपचारिकता मात्र बाँकी छ । प्लास्टिकजन्य सामग्रीको प्रयोग क्रमशः निषेध गरिने प्रकृया अन्तरगत घोषणापश्चात देवघाटधाम क्षेत्रभित्र तत्कालको लागि ४० माइक्रोन भन्दा पातलो झोला पूर्णरुपमा निषेधित गरिने छ । वैकल्पिक रूपमा जैविक तथा वातावरणमैत्री सामग्रीको प्रयोगलाई प्रोत्साहन गरिनेछ ।

अध्यक्ष लौडारी भन्नुहुन्छ, ‘नेपालको संविधानको धारा ३० ले प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने मौलिक हकको संवैधानिक व्यवस्था गरेको छ । सोही मान्यताले समितिले संरक्षण र व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेको हो ।’ उहाँले धार्मिक क्षेत्रमा बढ्दो शहरीकरण, अव्यवस्थित बस्ती विकास, आधुनिक जीवनशैली तथा सार्वजनिक स्थलहरुको अतिक्रमणले चुनौती थपिएको बताउनुभयो । प्लाष्टिक जन्य फोहरकै कारण धार्मिक, सांस्कृतिक, प्राकृतिक एवं वातावरणीय सम्पदाहरुको संरक्षण र सम्बर्धन एक चुनौतीको रुपमा रहदै आएको र देवधाटधाम क्षेत्र पनि अछुतो नरहेको उहाँको भनाइ थियो । अध्यक्ष लौडारीले भन्नुभयो, ‘प्लाष्टिक मुक्त क्षेत्र भएसंगै देवघाट क्षेत्रको सरसफाई थप प्रभावकारी बन्ने स्वच्छ, स्वस्थ, सफा, सुन्दर, सभ्य र समृद्ध देवघाट निर्माणमा कोशेढुंगा हुनेछ । देवघाटसंगै नारायणी नदीको स्वच्छतामा पनि सकारात्मक प्रभाव पर्नेछ । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार देवघाटको ऐतिहासिक एवं धार्मिक महत्वलाई दिगो रुपमा कायम राख्नका लागि प्लाष्टिक निषेध महत्वपूर्ण रहेको बताउनुभयो । उहाँका अनुसार समितिको यो अभियानलाई स्थानीय तहको पूर्ण साथ रहेको छ । तनहुँ, चितवन र पूर्वी नवलपरासी जिल्लाको संगम देवघाट क्षेत्र अन्तरगत भरतपुर महानगरपालिका, गैडाकोट नगरपालिका र देवघाट गाउँपालिका पर्दछन् ।

कार्यकारी निर्देशक बरालका अनुसार प्लाष्टिक मुक्त क्षेत्र अभियानमा देवघाट क्षेत्र विकास समितिको अगुवाईमा स्थानीय तह बिच नीतिगत तथा कार्यगत समन्वय तथा सहकार्य भइसकेको छ । सहजताको लागि विश्व वन्यजन्तु संरक्षण अभियान (डब्लु डब्लु एफ) नेपाल, सहमति संस्था, नदी सगै अभियानमा आवद्ध संघ संस्थाहरुविच चरणचरणमा वार्ता र छलफल भइसकेको छ । उहाँका अुनसार देवघाट क्षेत्रमा प्लाष्टिक बोटलको लागि छुट्टै प्रकारका बोटलविन, प्लाष्टिकको लागि प्लाष्टिकविन, दाहसंस्कार स्थलमा ब्लेडविन र अन्य स्थानमा आवस्यकताअनुसार डष्टविनको व्यवस्था गरिएका छन् । स्थानीय मठ मन्दिरका पिठाधीशहरु, व्यवसायीहरु, स्थानीय बासिन्दा एवं सरोकारवाला निकायहरुसँग पटकपटक छलफल र समन्वय बैठक सम्पन्न भएका छन् । सरोकारवाला पक्षसंगको छलफल र सहकार्यबाट देवघाटधामलाई स्वच्छ, पवित्र, हराभरा धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने साझा लक्ष्य लिइएको हो ।

चितवनको मुख्य बजार नारायणगढ देखि पाँच किलोमिटर दुरीमा रहेको देवघाट क्षेत्रमा माघे सक्रान्ति, बाला चतुर्दशी, औंशी र एकादशीहरुमा मेला लाग्ने गर्दछ । भगवान् नारायणका शरीरबाट उत्पन्न दामोदर कुण्डबाट प्रभाहित कृष्णगण्डकी (काली गण्डकी) र भगवान् शङ्करका त्रिशूल प्रहारबाट उत्पन्न गोसाई कुण्डबाट प्रभाहित त्रिशूलीगङ्गा (त्रिशूलीनदी) को समागम र त्यसपछिको नारायणी नदीको एकरूपता नै यस भूमिको मूलभूत विशेषता हो । हिन्दु धर्मग्रन्थहरुमा वर्णन गरिए अनुसार यो क्षेत्रमा समय समयमा देबताहरु टहल गर्न आउने गर्दछन् । देवघाट क्षेत्रलाई प्लाष्टिक मुक्त क्षेत्र घोषणा गर्न त सकिएला तर, त्यसको कार्यान्वयन त्यति सहज छैन् । बेलाबखत लाग्ने मेला र महोत्सवले देवघाट क्षेत्रलाई फोहरले कुरुप बनाउने गर्दछ । त्यसमा पनि माघे सक्रान्ति, साउने सक्रान्ति, बाला चतुदर्शी, एकादशी जस्ता पर्वमा यस क्षेत्रमा आउने भक्तजनहरुलाई सुसुचित बनाउन धेरै समय लाग्न सक्छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...