सेवा प्रवाहमा अब्बल बन्दै ‘मालिका स्वास्थ्यचौकी’

Published on

काठमाडौं । बागलुङ नगरपालिकाले पर्याप्त सेवाका लागि स्वास्थ्यकर्मी र उपचार सामग्रीको व्यवस्थापन गरेपछि परिवार नियोजन र पाठेघरको उपचारमा बागलुङ नगरपालिका वडा ५ स्थित मालिका स्वास्थ्य चौकी अब्बल बन्दै गएको छ । केही वर्षअघिसम्म नगरका अधिकांस स्वास्थ्य संस्थामा आउने बिरामी धौलागिरि प्रादेशिक अस्पतालमा धाउनुपर्ने बाध्यता थियो । जनशक्ति र उपकरणको व्यवस्थापनपछि नगरका स्वास्थ्य चौकीहरु उत्कृष्ट बन्दै गएका हुन् । बर्थिङ सेन्टर र प्रसूती सेवा नभएपनि न्युनतम सेवा मापदण्ड (एमएसएस) का सूचक पुरा गर्न स्वास्थ्य संस्थाले सेवा बढाएका छन् । ती स्वास्थ्यमध्ये एक हो ‘मालिका स्वास्थ्यचौकी’ । बजार नजिकै भएपनि पहिले केही सेवा सुविधा नभएको मालिका स्वास्थ्यचौकीलाई नगरपालिकाले पर्याप्त सेवा दिन सामाग्री र स्वास्थ्यकर्मी पठाएको, सबै सूचकमा रिपोटिङको व्यवस्थापन गरिएको र हरेक स्वास्थ्य संस्थालाई विशेष बनाउन फरक फरक सेवा प्रवाहमा नमूना बनाउन खोजेको छ । 

महिलाको पाठेघर खस्ने समस्या, पाठेघरको मुखको क्यान्सरबारे परीक्षण, परिवार नियोजनको अस्थायी साधन सेवालाई व्यवस्थित बनाईएको मालिका स्वास्थ्य चौकीका प्रमुख बिलासचन्द्र पौडेलले बताउनुभयो । पौडेलका अनुसार, दक्ष स्वास्थ्यकर्मीको व्यवस्थापनले सुरक्षित गर्भपतन सेवा प्रभावकारी बन्दै गएको छ । ‘‘सस्थालाई नगरपालिका र प्रदेश स्वास्थ्य कार्यालयको नजरमा पार्ने प्रयास गरेका छौं’’ पौडेलले भन्नुभयो । गत वर्ष ८० जनाले परिवार नियोजनको लामो समयसम्म उपयोग गरिने अस्थायी साधनको प्रयोग गरेका छन् । ‘‘यो ग्रामीण क्षेत्रको स्वास्थ्य संस्थाको लागि नमूनायोग्य काम हो’’ पौडेलले भन्नुभयो । स्वास्थ्य चौकीबाट चालु आर्थिक वर्षमा आठ जनाको सुरक्षित गर्भपतन भएको छ । निजी क्लिनिकमा गएर असुरक्षित गर्भपपतन गर्ने प्रवृत्ति रोक्न मालिका स्वास्थ्यचौकी सफल भएको पौडेलले बताउनुभयो । स्वास्थ्य चौकीलाई व्यवस्थित बनाउन फेयरमेड फाउण्डेसन, नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसन र सम्बोधन परियोजनाले दिएका छन् । गतवर्ष मालिका स्वास्थ्य चौकीको भवन मर्मत गरिदिएको परियोजनाले चालु वर्ष पेडीलाईट लगायतका सामाग्री हस्तान्तरण गरेको छ । विशेषगरी घाउचोटको उपचार, पाठेघरको क्यान्सर र अन्य सेवा प्रवाह तथा परिवार नियोजन सेवामा नमूना बन्ने लक्ष्यमा रहेको पौडेलले बताउनुभयो ।

स्वास्थ्य चौकीमा पोषण लेखाजोखा गरिएको र गर्भवतीलाई प्याकेजमा पोषण सामाग्री वितरणको प्रणाली व्यवस्थित बनाइएको काम पनि नमूनायोग्य भएको छ । यो अभियानमा उत्कृष्ट काम गरेकोले वडा तथा व्यवस्थापन समितिमार्फत गत महिना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान समेत गरिएको थियो । चालु वर्षभित्र जिल्लाका अधिकांस स्वास्थ्य संस्थाको न्युनतम सेवा प्रवाहलाई गुणस्तरीय र अधिकतम अंकमा ल्याउने प्रयास भएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङकी जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले जानकारी दिनुभयो । यसअघि नारायणस्थान स्वास्थ्य चौकीले जिल्लामै उत्कृष्ट बनेर शतप्रतिशत सूचक पुरा गरिसकेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...