एमाले अध्यक्ष ओली र सञ्चारमन्त्री खरेलबिच भेटवार्ता

Published on

काठमाडौं । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेकपा (एमाले) का अध्यक्ष तथा निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको छ । शुक्रवार बिहान भक्तपुरको गुण्डुस्थित ओलीको निजी निवासमा पुगेर मन्त्री खरेलले छुट्टै भेट गर्नुभएको हो । सञ्चारमन्त्रीको सचिवालयका अनुसार यो भेट निर्धारित कार्यक्रमअनुसार भएको हो । यसअघि खरेलले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई महाराजगञ्जस्थित निवासमा भेट्नुभएको थियो । शुक्रवार नै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई खुमलटारमा भेट्ने तालिका रहेको छ । 

भेटमा आगामी निर्वाचनको तयारी, निर्वाचनको वातावरण निर्माण र राजनीतिक सहमतिको विषयमा छलफल भएको बताइएको छ । सरकारले प्रमुख तीन दलका शिर्ष नेतासँग छुट्टाछुट्टै भेटघाट गरी निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउने प्रतिवद्धता जनाउने प्रयास गरेको छ । हाल ओलीमाथि जेन–जी आन्दोलनको छानबिन आयोगले लगाएको काठमाडौं उपत्यका बाहिर यात्रा प्रतिवन्धको विषय पनि छलफलमा उठेको छ । 

यसअघि सरकारको टोलीले एमालेको च्यासलस्थित केन्द्रिय कार्यालय निरीक्षण गर्दा पनि निर्वाचनमा सहभागिता र प्रतिबन्धमा लचकता अपनाउने विषयमा सकारात्मक संकेत दिएको थियो । एमालेले निर्वाचनमा सहभागी हुने वातावरण बनेमा भाग लिने प्रतिवद्धता जनाएको छ । सरकारले यो भेटघाटलाई राष्ट्रिय सहमतिको प्रयासको रूपमा लिएको जनाएको छ । यो भेटले तत्कालीन राजनीतिक तनाव कम गर्ने र निर्वाचन प्रक्रियालाई अगाडि बढाउने अपेक्षा गरिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...