८ औँ बागलुङ महोत्सव सुरु

Published on

काठमाडौं । बागलुङ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको ८ औँ बागलुङ महोत्सव शुक्रबारदेखि सुरु गरिएको छ । आजदेखि महोत्सवको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले उद्घाटन गर्नुहुने छ । बागलुङ नगरपालिका वडा १ रामरेखामा हुने महोत्सवलाई आकर्षक बनाउन संघले विशेष पहल गरेको छ । त्यसका लागि संघका अध्यक्ष राजनकुमार शाक्यको अध्यक्षतामा मूल समारोह समिति गठन भएको छ । अन्य क्रियाकलापलाई दुई दर्जनभन्दा बढी उपसमिति गठन गरिएको छ ।

महोत्सवमा दुई सय व्यावसायिक स्टल रहने जनाइएको छ । त्यसबाहेक महोत्सवमा कृषि, घरेलु तथा स्थानीय उत्पादनलाई विशेष प्राथमिकताका साथ र कृषिको हकमा निःशुल्क स्टल दिइने भएको छ। यो पटक महोत्सवमा सुन्तलामय बनाउने लक्ष्य राखिएको छ । महोत्सवमा पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना गरिएको छ । पुरुषतर्फ गण्डकी प्रदेशका पालिकास्तरीय खेल हुनेछन् । अहिलेसम्म १० टिमले दर्ता गरेर खेलका लागि तयारी गरेको खेल संयोजक प्रकाश थापाले जानकारी दिनुभयो । महिला भलिबलतर्फ हुने गण्डकी प्रदेशस्तरीय खेलमा अहिलेसम्म ७ टिम सहभागी बन्ने जनाइएको छ । 

यस्तै, महोत्सवमा टिकटक, कथा वाचन प्रतियोगिताजस्ता नवप्रवर्दनात्मक कार्यक्रम पनि समावेश छन् । त्यसका लागि विद्यालयका विद्यार्थीलाई बागलुङको पर्यटन, उद्योगको क्षेत्रको सकारात्मक सन्देश जानेखालका कथा तयारीमा जिम्मा समेत दिइएको छ ।  लोकदोहोरी गीत प्रतियोगिता त महोत्सवको अर्को आकर्षणकै विषय हो । यो पटक खुला लोकदोहोरी गीत प्रतियोगितासहित राष्ट्रिय कलाकारको नियमित प्रस्तुति पनि रहनेछ । अघिल्लो महोत्सवमा लोकदोहोरी प्रतियोगिता नराख्दा ग्रामीण क्षेत्रका दर्शकहरुले आलोचना समेत गर्नुभएको थियो । अब भने यो समस्या नरहने  प्रेस सल्लाहकार सुवास आचार्यले बताउनुभयो । बागलुङस्थित बाङेचौरमा गरिने महोत्सवको टिकटबाट बागलुङ उद्योग बाणिज्य संघले मानवसेवा आश्रम, नेपाल पत्रकार महासंघ लगायतलाई सहयोग गर्ने बताएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...