प्रज्ञा–प्रतिष्ठानमा पुरानादेखि नयाँसम्मका पुस्तक प्रदर्शनी

Published on

काठमाडौं । ‘सबै भाषा, सबै ज्ञान, सबैको प्रज्ञा–प्रतिष्ठान’ भन्ने उद्घोषसहित नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले प्रतिष्ठानको भानुभक्त कक्षमा पुस्तक प्रदर्शनीको समुद्घाटन रातो रिबन काटेर गर्नुभएको थियोे । उक्त पुस्तक प्रदर्शनी २०८२ पुस ११ देखि पुस २६ गतेसम्म रहने छ ।

उक्त प्रदर्शनीबाट पुस्तक खरिद गर्ने व्यक्ति वा संस्थाका लागि १५ देखि ४० प्रतिशतसम्म रकम छुट दिइएको छ । प्रदर्शनीमा अमरकोश, नेपाली साहित्यकोश, कौटिल्यको अर्थशास्त्र, जाँ ज्याक रुसको कन्फेसन्स, ईषादि नौ उपनिषद्, ग्रिक महाकवि होमरको ओडिसी, हरेराम जोशीको प्राचीन अभिलेख, गुमानसिंह चाम्लिङको एरिस्टोटल र उनका काव्य शास्त्र ‘पेरी पोइएतिकेस’ लगायतका पुस्तकहरू प्रदर्शनीमा राखिएको छ ।

यस प्रदर्शनीमा पुरानादेखि नयाँसम्म नेपाली भाषा, साहित्य, संस्कृति, कला, इतिहास, दर्शनशास्त्र र समाजशास्त्र लगायतका महत्त्वपूर्ण पुस्तकहरू राखिएको छ । प्रज्ञा–प्रतिष्ठानका पुस्तकहरू पाठकसामु पुर्‍याएर पठन संस्कृतिलाई विस्तार गर्न उक्त प्रदर्शनीले सहयोग पुर्‍याउने छ । प्रदर्शनीमा अनुसन्धानात्मक, संस्कार र संस्कृति तथा विभिन्न भाषाका कोशहरू समेत राखिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...