नेकपा बाँकेद्वारा पूर्वमन्त्री अथकसहित २३ जनाको नाम सिफारिस

Published on

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि विभिन्न राजनितिक दलहरूद्वारा केन्द्रमा उम्मेद्वार सिफारिस गर्ने कार्य तीव्र रूपमा चलिरहेको छ । सो क्रममा हालसम्म नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल, राप्रपा नेपाललगायतका राजनीतिक दलहरूले बाँकेमा उम्मेद्वारको नाम सिफारिस गरेर पठाइसकेका छन् । सो क्रममा नेपाली कम्युनिस्ट पार्टी बाँकेले पनि जिल्लाका तीन वटा निर्वाचन क्षेत्रका लागि पूर्वमन्त्री महेश्वर गहतराज अथकसहित २३ जनाको नाम सिफारिस गरेको छ ।

पार्टीले दिएको जानकारी अनुसार बाँके क्षेत्र नम्बर १ का लागि पूर्वमन्त्री महेश्वर गहतराज अथक, अब्दुल हुसेन खाँ, नरेन्द्र पाण्डे, तुलाराज विष्ट, नारायण लम्साल, पुजन विश्वकर्मा र अवराज खड्काको नाम सिफारिस गरेको छ । सोही प्रकारले क्षेत्र नम्बर २ का लागि अकलबहादुर बम, दिपेन्द्र विष्ट, पदम अर्याल, तेजप्रसाद रेग्मी, टङ्क धामी, शकील अहमद जसगढ र मो रियाज राईको नाम सिफारिस गरेको छ । यसैगरी, क्षेत्र नम्बर ३ को प्रत्यक्ष निर्वाचनका लागि आइपी खरेल, मो शेर बागवान, दीपककुमार गौरी मगर, मोहम्मद समिन इद्रीसी, कुबेर रिजाल, टेकेन्द्र मल्ल, मीरा कार्की, उत्तर कुमार गुप्ता र परमानन्द बर्माको नाम सिफारिस गरेको छ ।

उम्मेदवार बन्ने आकाङ्क्षीहरू धेरै जना देखिएकोले नाम सिफारिस गर्नु अघि दुई दिनसम्म बृहत् छलफल गरिएको नेकपा बाँकेले जनाएको छ । अधिकांश ठुला राजनीतिक दलहरूले उम्मेद्वारको नाम केन्द्रमा सिफारिस गरेपनि नेकपा एमालेले भने अझैसम्म पनि नाम सिफारिस गरेको छैन । छिटै नाम सङ्कलन र सिफारिस प्रक्रिया सुरु गर्ने नेकपा एमाले बाँकले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...