नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण

Published on

काठमाडौं । तराई मधेससहित सप्तरीमा दिन प्रतिदिन अत्यधिक चिसो बढ्दै गएपछि राजविराज नगरपालिकाले आइतबार निःशुल्क दाउरा वितरण गरेको छ ।राजविराज नगरपालिकाले नगरपालिकाको सार्वजनिक स्थानमा आइतबार बिहानै दाउरा वितरण गरेको स्थानीयले बताएका छन् । राजविराज नगरपालिकाका कार्याबाहक नगरप्रमुख इसरत परविनसहित नगरपालिकाका कर्मचारी मिलेर दाउरा बितरण गर्दै सर्वसाधारणलाई चिसोबाट बच्न समेत आग्रह गर्नुभएको छ ।

कार्यवाहक प्रमुख परविनले अहिले जिल्लामा अत्यधिक जाडो बढेपछि दाउराको अभावमा कसैले कठ्याङ्ग्रिनु नपरोस् भन्ने उद्देश्यले तत्काल राहतका लागि दाउरा वितरण गरेको बताउनुभयो ।उहाँले भन्नुभयो, “काम सँगै सबैले न्यानो भएर बस्न आवश्यक छ । बजार, अस्पताल, कार्यालय आउने, जाने तथा स्थानीय सर्वसाधारणलाई यो दाउराले थोरै भए पनि जाडो छल्न राहत मिल्ने छ ।” अत्यधिक चिसो बढेपछि आगो तापेर जाडो छल्नका लागि राजविराज नगरपालिकामा शनिबार नेपाली सेनाले र शुक्रबार डिभिजन वन कार्यालय सप्तरीले दाउरा वितरण गरेको थियोे ।

पछिल्लो तीन दिनदेखि राजविराजको सार्वजनिक स्थान अस्पताल, रूपनि रोड, बसपार्क, जनआन्दोलन चोक, गजेन्द्र चोक, तितरिगाछी चोक, अदालत रोड लगायतमा दिनभरी दाउरा बाल्न थालेपछि सर्वसाधारणले राहत महशुस गर्दैआएको राजविराज –२ कि नुनुजा खातुनले बताउनुभयो । गोरखापत्र

गोरखापत्र अनलाइन

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...