श्रोत नखुलेको ६ लाखसहित एक व्यक्ति नियन्त्रणमा

Published on

काठमाडौं । मोरङको विराटनगर–१५ स्थित रानी क्षेत्रमा श्रोत नखुलेको नेपाली नगदसहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलील आइतबार विशेष सूचनाका आधारमा विराटनगर महानगरपालिका ६ बस्ने अरबिन्द्र अग्रवाललाई ६ लाखसहित नियन्त्रणमा लिएको हो । 

भारतबाट नेपालतर्फ हुण्डी रकमको कारोबार भइरहेको सूचनापछि प्रहरी टोलीले प्रदेश नं. १–०४–००१ च.०१६४ नम्बरको कारलाई निगरानीमा राखेको थियो । निगरानीकै क्रममा रानी–विराटनगर सडकखण्ड हुँदै रानीबाट विराटनगरतर्फ जाँदै गरेको उक्त कारलाई विराटनगर–१५ स्थित सुनसरी ट्रेडिङ सेन्टर (पेट्रोल पम्प) अगाडि रोकी जाँच गरिएको थियो। 

कार रोकेलगत्तै चालक कारबाट ओर्लिएर हातमा कालो रंगको प्लाष्टिकको पोका बोकी पेट्रोल पम्पको अफिसतर्फ भाग्न खोज्दा प्रहरीले नियन्त्रणमा लिएको हो । इलाका रानीबाट प्राप्त भएको सूचनाअनुसार प्रहरीले नगद रकम, प्रयोग गरिएको कार र अग्रवाललाई नियन्त्रणमा लिई इप्रका रानीमा ल्याई थप अनुसन्धान भइरहेको जनाएको छ ।  गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...