तोरी खेती गर्ने किसानलाई कृषि उपकरण वितरण

Published on

काठमाडौं । मोरङको उर्लाबारी नगरपालिकाले वडा १ का तोरी खेती गर्ने किसानलाई १६ लाख मुल्य बराबरका कृषि उपकरण र बीउ प्रदान गरेको छ । तेलहन बाली पकेट सञ्चालन कार्यक्रम अन्तर्गत नगरपालिकाको १२ लाख रुपियाँ र किसानको ४ लाख ३३ हजार ८ सय रुपियाँ गरी कुल १६ लाख ३३ हजार ८ सय रुपियाँको उपकरण र बीउ वितरण गरिएको हो। वडा १ को सिंहदेवी कृषक समूहले तेलहन बाली लगाउने किसानको लगत सङ्कलन गरी किसानलाई राहत कार्यक्रममा सहभागी गराएको हो । कार्यक्रम अन्तर्गत किसान समूहलाई तोरीको बीउ चार सय किलो, सल्फर ५२५ किलो, ६० थान त्रिपाल, बोरिङ मोटर २२ थान, पाइप रोल ३० थान, डिजिटल काँटा ८ थान, ठेला १५ थान र स्प्रेयर १९ थान सञ्चालन वितरण गरिएको छ । 

उर्लाबारी नगरपालिकाका नगर उप–प्रमुख मीना कुमारी खतिवडाले अनुदान लिएर उत्पादनमा नलाग्ने किसानलाई स्थानीय सरकारले अर्को पटक देखि कुनै कार्यक्रममा सहभागि नगराउने बताउनुभयो । कार्यक्रममा वडा १ का अध्यक्ष तिलक पाण्डे ,कृषि शाखा प्रमुख अम्बिकाप्रसाद लुइटेल लगायतले सरकारी अनुदानलाई उपयोग गरेर उत्पादन वृद्धिमा जोड दिन आग्रह गर्नुभयो । वडाध्यक्ष पाण्डेले यो कार्यक्रम अन्तर्गत वडाको झारसाँदी क्षेत्रका किसानले ३० हेक्टर जग्गामा तोरी खेती लगाएको जानकारी दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...