धनकुटामा अलैँचीकाे उत्पादन बढ्यो

Published on

काठमाडौं । धनकुटामा अलैँची खेती गरिएको जमिन बढेसँगै उत्पादनको अवस्था बढेको तथ्याङ्क पाइएको छ । पछिल्लो समय कृषकले अन्य बालीनाली छाडेर करेसाबारीमा पनि अलैची लगाउन थालेपछि अलैँची उत्पादनको बढेको तथ्याङ्क पाइएको हो । जिल्लामा अघिल्लो वर्षको तुलनामा यस वर्ष ६ दशमलव ५२ प्रतिशतले अलैँची उत्पादन बढेको कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ । गत आर्थिक वर्षमा १ सय २७ हेक्टर क्षेत्रफलमा अलैँची खेती भएकोमा यस आर्थिक वर्षमा १ सय ३३ हेक्टर क्षेत्रफलमा अलैँची उत्पादन भएको थियो । जसमा धनकुटामा गत आर्थिक वर्षमा ४० दशमलव ३ मेट्रिक टन अलैँची उत्पादन भएकोमा यस आर्थिक वर्षमा ४२ दशमलव ६४ मेट्रिक टन अलैँची उत्पादन भएको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र राना मगरले जानकारी दिनुभयो ।

उहाँका अनुसार धनकुटामा गत आर्थिक वर्ष र यस आ.व. मा उत्पादकत्व प्रतिहेक्टर बराबर रहेपनि उत्पादन भने बढी रहेको जानकारी दिनुभयो । उत्पादकत्व क्षेत्रफल दशमलव ३२ रहेको बताउनुभयो । यसअघि ओसिलो पाखाभित्ता र खोलाखोल्सीमा मात्र अलैँची खेती गरिएकामा पछिल्लो समय कृषकले अन्न बाली छाडेर करेसाबारीमा पनि अलैँची रोप्न रोप्दै आएका थिए । विभिन्न रोगको प्रकोपसँगै अलैँची बगान सखाप भएको र नयाँ बगानले उत्पादन दिन थालेकाले क्रमिक रुपमा उत्पादनमा सुधार हुँदै गएको छ । दानाबाट उत्पादन गरिएको निरोगी बिरुवाले उत्पादन पनि धेरै दिने र रोगको प्रकोपको सम्भावना पनि कम हुने भएकाले कृषकले विजु बिरुवा रोप्ने गरेको ज्ञान केन्द्रले जनाएको छ । अलैँची विशेष गरी खाद्यन्न बालिका रुपमा पर्ने मसला, जडीबुटी तथा औषधीका रूपमा प्रयोग हुने गरेको पाइएको छ । अलैँची खेती धनकुटाका सात वटै स्थानीय तहमा आंशिकरुपमा कृषकले लगाउँने गरेका छन् । भिरालो, सेपिलो, ओसिलो र छहारी भएको जमिनमा उत्पादन हुने अलैँची खेती समुद्र सतहबाट करिब ७ सयदेखि २ हजार मिटर उचाइसम्म हुने गरेको पाइन्छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...