मोरङमा एम्बुलेन्सबाट गाँजा तस्करी, हवाई फायरमा दुई पक्राउ

Published on

काठमाडौं । मोरङको इलाका प्रहरी कार्यालय बेलबारी र केराबारीको संयुक्त प्रहरी टोलीले एम्बुलेन्समा लैजाँदै गरेको ५२१ किलो लागूऔषध गाँजा बरामद गरेको छ भने हवाई फायर गरी २ जनालाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा गएराति केराबारी गाउँपालिका–५ स्थितमा चेकजाँचमा खटिएको प्रहरी टोलीलाई देख्नासाथ प्र.१–०६–००१ झ ०००४ नम्बरको एम्बुलेन्सलाई छोडेर मानिसहरु भाग्न खोजेपछि प्रहरीले हवाई फायर गरी धनकुटा शहीदभूमि–६ का निश्चल राई र साँगुरीगढी–२ का खगेन्द्र लिम्बूलाई नियन्त्रणमा लिएको छ हो । यसैगी एम्बुलेन्सभित्र १६ वटा पोका बनाएर लुकाई छिपाई राखेको ५ सय २१ किलोग्राम लागु औषध गाँजासमेत प्रहरीले बरामद गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दीपक पोखरेलका अनुसार पक्राउ परेका उनीहरुको थप अनुसन्धान भइरहेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

आकासे वर्षाको प्रतीक्षामा आँप किसान

काठमाडौं । धनुषा लगायत तराई मधेशका आँप किसान यतिबेला आकासे वर्षाको प्रतीक्षामा छन् ।...

बैतडीमा आर्थिक गणना कार्यालय स्थापना

काठमाडौं । बैतडीमा दोस्रो आर्थिक गणनाका लागि आर्थिक गणना कार्यालय स्थापना गरिएको छ ।...

प्रशासन कार्यालयबाट करिब दुई हजारलाई सेवा प्रदान

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले पछिल्लो एक महिनाको अवधिमा करिब दुई हजार सेवाग्राहीलाई...

अछामको ढकाली गाउँपालिकाका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा : १२ लाख ७७ हजार बिगो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध...