अनशनरत भुसालको जीवन रक्षाको लागि आवश्यक कदम चाल्न संघको माग

Published on

काठमाडौं । नेपाल चिकित्सक संघले माइतीघरमा अनशनरत डा.कमल भुसाल (निकोलस भुसाल) को जीवन रक्षा गर्न सरकारसँग माग गरेको छ ।संघका महासचिव डा.सन्जिव तिवारीले विज्ञप्ति जारी गर्दै विगत सातदिनदेखि आमरण अनशनमा बस्नुभएका डा.भुसालको जीवन रक्षा गर्न आवश्यक कदम चाल्न आग्रह गर्नुभएको हो ।“हरेक नेपालीको स्वस्थ रुपमा बाँच्न पाउने मौलिक अधिकार भएकोले डा.भुसालको जीवन रक्षाका लागि अविलम्ब आवश्यक कदम चाल्न सं सरकारसँग माग गर्दछ ।” विज्ञप्तिमा उल्लेख छ । 

डा.तिवारीका अनुसार अनशनरत डा.भुसाललाई रिङ्गटा लाग्ने, शरीर सुन्निने लगायत विभिन्न स्वास्थ्य समस्या देखापरेका छन् । उहाँ अवस्था प्रति सरकारले गरेको बेवास्ताका कारण उहाँको स्वास्थ्यमा थप जटिलताहरू देखा पर्दै गएको भन्दै संघले यस्तो आग्रह गरेको हो । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...