करेन्ट लागेर महिलाको मृत्यु

Published on

काठमाडौं । कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । सोमबार बेलौरी नगरपालिका –७ पौलाहका २८ वर्षीय हरिना चौधरीको करेन्ट लागेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार धोएको कपडा सुकाउने क्रममा बिजुलीको तार छुन गई करेन्ट लाग्दा घाइते हुनुभएका चौधरीको उपचारको क्रममा मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराले करेन्ट लागेर गम्भीर घाइते भएका चौधरीको उपचारका लागि बेलौरीस्थित श्रीपुर स्वास्थ्य चौकीमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको बताउनुभयो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...