लमजुङमा एक लाख ३७ हजार मतदाता कायम

Published on

काठमाडौं । फागुन २१ गतेको सङ्घीय निर्वाचनमा लमजुङमा एक लाख ३७ हजार एक सय २४ ले मतदान गर्न पाउने भएका छन् । जिल्ला निर्वाचन कार्यालय लमजुङले एक लाख ३७ हजार एक सय २४ जना मतदाता रहेको जनाएको हो । निर्वाचनमा यहाँ पुरुष मतदाता ६७ हजार छ सय र महिला मतदाता ६९ हजार पाँच सय २४ जना रहेको जिल्ला निर्वाचन कार्यालय लमजुङका प्रमुख यादवराज आचार्यले जानकारी दिनुभयो । २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तुलनामा यसपटक मतदाताको सङ्ख्या तीन हजार चार सय सात जनाले बढेको छ । गत २०७९ को निर्वाचनमा एक लाख ३३ हजार सात सय १७ जना मतदाता रहेका थिए ।

लमजुङमा १३० मतदानस्थलमा १८६ मतदान केन्द्र रहेका छन् । गत निर्वाचनमा १२८ मतदान स्थल रहेका थिए । यसपटक २ वटा मतदान स्थल थप भएको जिल्ला निर्वाचन अधिकारी आचार्यले जानकारी दिनुभयो । थपिएका मतदानस्थलमा दोर्दी गाउँपालिका–२, अर्चलबोटको अलैंचे केदार आधारभूत विद्यालय र बेँसीसहर नगरपालिका–१०, पासाचौरको कालिका आधारभूत विद्यालय मतदानस्थल रहेका छन् । मतदान स्थल सिफारिस समितिले मर्स्याङ्दी गाउँपालिका–३, थाकनकोे विनायक आधारभूत विद्यालयमा मतदान स्थल पनि थप्न सिफारिस गरेको थियो, तर स्वीकृत भएन् ।

निर्वाचनलाई लक्षित गरेर एकीकृत सुरक्षा योजना बनाइएको छ । लमजुङका चार वटा मतदानस्थल अहिले पनि सवारी साधनको पुग्न नसक्ने क्षेत्रमा रहेका छन् । भौगोलिक कठिनाइ, कच्ची बाटो तथा अपर्याप्त पूर्वाधारका कारण ती स्थानसम्म गाडी पुग्न नसक्ने अवस्था कायम रहेको हो ।लमजुङमा दुधपोखरी गाउँपालिका–१ सामुदायिक भवन ठूलीबारी, मध्यनेपाल नगरपालिका–८ स्थित विश्व ज्योति आधारभुत विद्यालय मजुवाबेसी, मर्स्याङ्दीगाउँपालिका–५ स्थित रत्न विद्या मन्दिर उपल्लो चिप्ला र सोही वडाको गङ्गामिलन मावि घेर्मु फाँटमा रहेका मतदानस्थल सवारी साधनको पहुँचबाहिर रहेका हुन्   गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...