अत्याधिक चिसो बढेसँगै जनजीवन कष्टकर बन्दै

Published on

काठमाडौं । केही दिनदेखि पश्चिमी हावासँगै बाक्लो हुस्सु तथा शीतलहर हुन थालेपछि कपिलबस्तुमा अत्याधिक चिसो बढेको छ । चिसो बढ्दै गएपछि ग्रामीण बस्तीहरूको जनजीवन प्रभावित बन्दै गएको छ भने बजारमा चहलपहल समेत घटेको छ ।अधिकांश क्षेत्रमा बिहानैदेखि बाक्लो हुस्सु र कुहिरोले ढाक्ने गरेको छ । स्थानीय रमेश्वर भुजका अनुसार दिउँसोपख हुस्सु केही कम भए पनि घाम भने नलाग्ने गरेको बताउनु भयो । बिहानैदेखि बाक्लो हुस्सु र शीतलहरसँगै चिसो हावा चल्दा जनजीवन कष्टपूर्ण छ भने यस समयमा व्यापार घटेका कारण पसले चिन्तित रहेको उहाँको भनाइ छ ।चिसोले मानिस मात्र नभई घरपालुवा जनावरलाई समेत समस्या भएको भुजले बताउनु भयो । चिसोका कारण पशु तथा जनावरमा ज्वरो आउने, काँप्ने र रोगी हुने गरेको किसानहरू बताउँछन् ।बाक्लो कुहिरोले तेलहन, दलहन, आलु लगायतका खेतीमा असर पुगेको छ । चिसो बढ्दा किसान र मजदुरलाई दैनिक कामकाज गर्न समस्या परेको छ ।

स्वास्थ्कर्मी मोती घिमिरेका अनुसार बढ्दो चिसोले स–साना बालबालिका, वृद्धवृद्धा र अशक्त व्यक्ति प्रभावित भएको छ भने स्थानीय अस्पतालमा समेत बिरामीको चाप बढ्न थालेको बताउनु भयो । जाडोबाट सुत्केरी, बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित हुने भएकाले स्वास्थ्यमा ख्याल गर्न चिकित्सकहरूले सुझाव दिएका छन् ।कपिलबस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलका अनुसार मौसम प्रतिकुलका कारण अत्यधिक चिसो बढेको कारणले पालिकाअन्तर्गत सञ्चालित सम्पूर्ण सामुदायिक तथा धार्मिक विद्यालयहरूमा पुस १८ गते सम्म जाडो विदा दिइएको बताउनुभयो । उहाँले जाडोमा आगो ताप्नका लागि चोकचोकमा दउरा वितरण गरिएको बताउनु भयो ।  नगरपालिकाको १२ वटै वडामा दुई टालीका दरले दउरा वितरण गरिएको उहाँको भनाइ छ ।

कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी पदम लाल लामिछानेका अनुसार विपदको बैठकबाट शीतलहर प्रतिकार्य योजना पास गरिएको बताउनु भयो । उहाँले शीतलहर प्रतिकार्य योजना विषयगत कार्यालय, सम्बन्धित निकायहरूमा पठाइएको बताउनु भयो । उहाँले भन्नुभयो “प्रतिकार्य योजनामा कसको के जिम्मेवारी हुने तयारी कस्तो छ र स्रोत साधनहरुबारे सबै उल्लेख गरिएको छ ।” सबै निकायहरू सँग समन्वय गरी अगाडि बढ्ने सहायक प्रजिअ लामिछानेको भनाइ छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...