गुल्मी कारागारमा क्षमताभन्दा पाँच गुणा बढी कैदीबन्दी

Published on

काठमाडौं । गुल्मी कारागारको क्षमता पाँच महिला र २० पुरुष गरेर २५ जनाको हो । तर अहिले झण्डै पाँच गुणाभन्दा बढी कैदीबन्दी कारागारमा छन् ।  कहिलेकाहीँ दुई–चार जनाको सङ्ख्या तलमाथि भए पनि सयभन्दा माथिनै कैदीबन्दी कारागारले प्रायः थेगेको छ । निकै पुरानो जीर्ण भवनमा संरचना बिस्तार गर्ने उपाय छैन् । घाम नपर्ने चिसो ठाउँमा भएकाले कैदीबन्दीको चिसो मौसममा जीवन अझ कष्टकर छ । गुल्मीमा ‘घ’ श्रेणीको गुल्मी कारागार छ । 

कारागारमा महिला छ र दुई आश्रित बालबालिकासहित १०५ पुरुष रहेका छन् । क्षमताभन्दा चार–पाँच गुणा बढी कैदीबन्दी हुँदा व्यवस्थापनको चुनौतीहरुको बारेमा बर्षेनी मानव अधिकार बर्ष पुस्तकमा छापिने, नियामक निकायबाट अनुगमन हुने गरे पनि नयाँ संरचना निर्माणमा कुनै पहल भएको छैन् । कैदीबन्दीहरु काठमा काममा अब्बल भएकाले तलमाथि सुत्न मिल्ने बेडहरु बनाएर सुताइको जेनतेन व्यावस्थापन गरिएको कारागार प्रमुख रेश्मीराज पन्थीले बताउनुभयो । तर, शौचालय, भान्सा, बाथरुम र भित्र उद्यमको काम गर्न निकै सकस भइरहेको कारागार प्रमुख पन्थीले गुनासो गर्नुभयो । कारागार संरचनाकै कारण महिला र पुरुष कैदीबन्दीहरुको छुट्टै भेटघाट गर्ने कक्ष र गेटहरु छैन । 

कारागारभित्र सुत्नकै लागि सकस भएकाले पुस्तकालय, टिभी, पत्रपत्रिकाको व्यावस्थापन समेत छैन । कारागारमा कसैलाई पनि काम नगर्ने छुट छैन । बाँसको सिन्का बनाउनेदेखि चौकोस, पलङ्गसम्मको काम गर्ने जनशक्ति कैदीबन्दीमै भएकाले उत्पादित सामग्री राख्न नसकिएको कारागार प्रमुख पन्थीले गुनासो गर्नुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...