यातायात कार्यालयबाट १२ करोड बढी राजस्व सङ्कलन

Published on

काठमाडौं । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था कार्यालय एवं सेवा कार्यालयबाट रु १२ करोड बढी राजस्व सङ्कलन भएको छ । कर्णाली प्रदेशका तीन ठाउँमा रहेका यातायात व्यवस्था कार्यालयबाट चालु आर्थिक वर्षको पाँच महिनामा रु १२ करोड ५७ लाख ७० हजार ६५९ राजस्व सङ्कलन भएको मन्त्रालयका सिनियर डिभिजन इन्जिनियर रमेश सुवेदीले जानकारी दिनुभयो । 

यातायात क्षेत्रको आम्दानी, चालक अनुमतिपत्र, सवारी दर्ता किताबसम्बन्धी दस्तुर, सवारीसाधन कर, प्रशासनिक दण्ड जरिवाना र जफत बापतको रकम सङ्कलन गरिएको हो । यातायात कार्यालय सुर्खेतबाट रु ११ करोड नौ लाख २० हजार ७३९ सङ्कलन भएको छ । जुम्लाबाट रु ६५ लाख ४२ हजार ३१९ सङ्कलन भएको जनाइएको छ । त्यसैगरी चौरजहारीस्थित कार्यालयबाट रु ८३ लाख सात हजार ६०१ सङ्कलन भएको प्रवक्ता सुवेदीले जानकारी दिनुभयो । प्रदेश सरकारले तीन ठाउँबाट सङ्कलन गरेको राजस्व हरेक महिना सार्वजनिक गर्दै आएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...