पृथ्वीराजमार्गको जग्गा प्राप्ति, मुआब्जा निर्धारण तथा गुनासा समाधान गर्न उल्लेखनीय काम भए : प्रजिअ अधिकारी

Published on

काठमाडौं । जिल्ला प्रशासन कार्यालय तनहुँले यस वर्षको नौ महिनाका अवधिमा ४३ हजार बढीलाई सेवा प्रदान गरेको छ । गत वैशाखदेखि यही पुस मध्यसम्म कार्यालयले ४३ हजार ७३६ जनालाई विभिन्न सेवा प्रदान गरेको हो । प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले यस अवधिमा राष्ट्रिय परिचयपत्र, नागरिकता, राहदानी, सिफारिसलगायत गरी उक्त सङ्ख्यामा सेवा प्रदान गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार १८ हजार १९५ जनालाई राष्ट्रिय परिचयपत्र, ११ हजार ३१६ जनालाई नागरिकता, १० हजार ४६६ जनालाई राहदानी, एक हजार ९९८ जनालाई सिफारिस र प्रमाणीकरण, ८६० जनालाई गुनासो सम्बोधन, ३४२ जनालाई नाबालक परिचयपत्र सेवा प्रदान गरिएको छ । 

नौ महिना तनहुँ बसाइपछि सिन्धुपाल्चोक सरुवा हुनुभएका प्रजिअ अधिकारीले यस अवधिमा पृथ्वीराजमार्गको जग्गा प्राप्ति, मुआब्जा निर्धारण तथा गुनासो सम्बोधन, ट्राफिक सचेतना, दुर्घटना न्यूनीकरण, तनहुँ जलविद्युत् आयोजनाको मुआब्जा निर्धारण, गुनासो सम्बोधन, एमसिए नेपालको मुआब्जा निर्धारण तथा विवाद समाधान, विद्युत् प्रसारण लाइनको जग्गा प्राप्ति, मुआब्जा वितरण तथा विवाद समाधानमा काम गरेको जानकारी दिनुभयो । आज यहाँ आयोजित सञ्चारकमीसंगको भेटघाटमा उहाँले एकीकृत जिल्ला सुरक्षा योजना, चाडपर्व लक्षित सुरक्षा योजना, एकीकृत जिल्ला निर्वाचन सुरक्षा योजना तर्जुमा, मतदान केन्द्रहरुको पुनरावलोकन तथा दुई मतदानस्थल थप, सामाजिक समस्या न्यूनीकरणका प्रयास  गरिएको बताउनुभयो । तनहुँ बसाइँका क्रममा सबै राजनीतिक दल, सङ्घसंस्था, सञ्चारकर्मी, कर्मचारीहरुबाट प्राप्त सहयोगले काम गर्ने ऊर्जा मिलेको प्रजिअ अधिकारीको भनाइ छ ।  यसअवधिमा रु दुई करोड १४ लाख २७ हजार ९८५ राजस्व सङ्कलन भएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...