अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा भारत च्याम्पियन

Published on

काठमाडौं । १७ औँ अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगितामा भारत च्याम्पियन बनेको छ । कुल ३७ पदकसहित भारतले  २२ स्वर्ण १० रजत र ५ कास्य पदकसहित गत बर्षको च्याम्पियन नेपाललाई पछाडि पारेको छ। यस बर्ष १८ स्वर्ण ७ कास्य र २ रजतसहित नेपालले २७ पदक जित्न सफल भएको हो । बिजेता खेलाडीले ट्रफीसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । यी पदकहरु काता र कुमीतेमा प्राप्त गर्न सफल भएको हो । त्यस्तै, तेश्रो स्थानमा चित्त बुझाएको श्रीलंकाले १५ स्वर्ण ६ कास्य र ५ रजतसहित २६ पदक प्राप्त गर्न सफल भयो । 

प्रतियोगितामा सहभागी खेलाडिले काता र कुमिते विधामा प्रतिस्पर्धा गरेका थिए । विजेता खेलाडीले शील्ड, कप, पदक तथा प्रमाणपत्र प्राप्त गरेका छन् । यो अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगिता जापान कराते–डो नाबुकाह शितेरियो करातेको आयोजनामा तथा महाराष्ट्रका क्योसीन कराते अभियन्ता राजु थापाको संयोजनमा आयोजना गरिएको हो । गोजुरियो कराते नेपालका प्रमुख प्रशिक्षक काजी रानाका अनुसार, यस्ता अन्तर्राष्ट्रिय प्रतियोगिताले विभिन्न राष्ट्रबिच भाइचारा, मित्रता र खेलकुद कूटनीति सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्छ । हालसम्मको प्रतिस्पर्धामा नेपाली खेलाडीहरूले उत्साहजनक प्रदर्शन गर्दै अग्रता बनाइरहेको उहाँले बताउनुभयो ।

नेपालतर्फबाट प्रतियोगितामा २२ खेलाडी (११ महिला र ११ पुरुष), विभिन्न उमेर र तौल समूहमा प्रतिस्पर्धा गरिरहेका छन् । टोलीका अफिसियलका रूपमा बसन्त रोका क्षेत्री, गिरी पुन र मिलन गाहा सहभागी छन्। महाराष्ट्र ओलम्पिक संघका उपाध्यक्ष मनोज बोहराले बिजेता खेलाडीलाई पदक प्रदान गरेको छ । प्रतियोगितामा करिब ४७० खेलाडीले विभिन्न तौल तथा उमेर समूहमा प्रतिस्पर्धा गरेका थिए । नेपाली टोलीको प्रतिनिधित्व सियान काजी रानाले गर्नुभएको थियो । दुई दिनसम्म चलेको प्रतियोगितामा नेपाल, भारत, श्रीलंका, भुटान र बंगलादेशका खेलाडीहरूको सहभागिता रहेको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...