निर्वाचन अधिकृतको कार्यालय स्थापना

Published on

काठमाडौं । राष्ट्रिय सभा सदस्यको चुनाव गराउन गण्डकी प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । पोखराको पार्दीस्थित प्रदेश निर्वाचन कार्यालयमै निर्वाचन अधिकृतको कार्यलय आजदेखि सञ्चालनमा ल्याइएको हो । गण्डकी प्रदेशमा रिक्त हुन लागेका दुई सदस्य पदका लागि माघ ११ गते निर्वाचन हुँदैछ । तत्कालीन नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठ र नेकपा (एमाले) की नेतृ भगवती न्यौपानेको ६ वर्षे कार्यकाल पूरा हुन लागेकाले गण्डकीमा २ पदमा चुनाव हुन लागेको हो । महिला र अन्य क्लस्टरतर्फ निर्वाचन हुने निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । चुनाव सम्पन्न गर्न कास्कीको न्यायाधीश हिमलाल बेलवासेलाई निर्वाचन अधिकृत तोकिएको छ । निर्वाचन अधिकृत बेलवासेले कार्यालय स्थापनाको अवसरमा चुनावलाई निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने बताउनुभयो । 

चुनावको तालिकामा पुस १९ गते मतदाता नामावली सार्वजनिक गर्ने र पुस २३ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने तालिका रहेको निर्वाचन कार्यालयका प्रमुख नारायण ढकालले जानकारी दिनुभयो । राष्ट्रिय सभा निर्वाचनमा यो पटक मतभार परिवर्तन भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ । प्रदेशसभा सदस्यको मतभार ४८ बाट बढेर ५३ पुगेको छ । स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार १८ बाट बढेर १९ कायम भएको ढकालले बताउनुभयो । ६० सदस्यीय गण्डकी प्रदेश सभामा दीपक मनाङे भनिने राजीव गुरुङको पद खारेज भएको छ । गण्डकी प्रदेशमा सबैभन्दा बढी नेपाली कांग्रेसको मतभार छ । नेपाली कांग्रेसका प्रदेशसभा सदस्य २७ जनाको मत भार १ हजार ४ सय ३१ र स्थानीय तहका ६७ जनप्रतिनिधिको १ हजार २ सय ७३ मतभार गरी २ हजार ७ सय ४ छ । नेकपा (एमाले) को २२ प्रदेश सांसदको मत भार १ हजार १ सय ६६ र स्थानीय तहमा ७० जनप्रतिनिधिको मत भार १ हजार ३ सय ३० सहित २ हजार ४ सय ९६ मतभार रहेको छ । 

नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादी समूहसँग ७ सांसदको ३ सय ७१ मतभार र ३० स्थानीय जनप्रतिनिधि ५ सय ७० गरी ९ सय ४१ मतभार छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को १ सय ६, राष्ट्रिय जनमोर्चाको ५७ र नेपाल समाजवादी पार्टीको ५३ मतभार छ । निर्वाचन आयोगले निर्वाचनलाई सफल बनाउन सरोकार पक्ष सबैलाई आग्रह गरेको छ । कार्यालय स्थापनाको बेलामा विभिन्न राजनीतिक पार्टीका प्रमुख तथा प्रतिनिधि पनि सहभागी थिए । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...