लमजुङमा मनाइयो नेपाली टोपी दिवस

Published on

काठमाडौं । लमजुङ सदरमुकाम बेँसीसहरमा विहिबार १३ औं टोपी दिवस मनाइएको छ । विभिन्न संस्थाको आयोजनामा राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाइएको हो ।‘नेपाली टोपी : हाम्रो पहिचान’ भन्ने नाराका साथ १३ वर्षदेखि यो दिवस मनाउन थालिएको हो । नेपाली पहिचानका रूपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न २०७० देखि राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाउन थालिएको हो । १३ वर्षदेखि जनवरी १ का दिन राष्ट्रिय पोसाक दिवस मनाउन थालिएको थियो । यस अवसरमा रोटरी क्लब अफ लमजुङको आयोजना तथा जिल्ला प्रहरी कार्यालय लमजुङ, लमजुङ उद्योग बाणिज्य संघ, रोट्रयाक्ट क्लब, लायन्स क्लब अफ लमजुङ, जन्मदिनमा बृक्षारोपण अभियान, आमा समूहलगायतका संस्थाहरुको सहयोगमा ढाका टोपी लगाएर विहिबार बेंसीसहर बजारमा र्‍याली निकालिएको थियो । सहभागीले भादगाउँले र ढाकाटोपी लगाएर राष्ट्रिय झण्डा बोकेका थिए ।

पश्चिमा संस्कृतिको प्रभाव परिरहेका बेला नेपाली पहिचान जोगाउन टोपी दिवस सान्दर्भिक रहेको बेंसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले बताउनुभयो । नेपालीको पहिचान झल्कने टोपी विश्वकै आकर्षक रहेको उहाँले बताउनुभयो । नेपालीको पहिचान बोकेको ढाका टोपीको देश तथा विदेशमा समेत धेरै महत्व रहेकाले बर्षै साल टोपी दिवस मनाउन गरिएको रोटरी क्लब अफ लमजुङका अध्यक्ष श्रीकृष्ण लामिछानेले बताउनुभयो । विदेशी संस्कृतिको प्रभाव परिरहेका बेला नेपालीको पहिचान जोगाउन सरकारी तर्फबाट नै टोपी दिवसलाइ विषेश महत्व दिनुपर्ने लमजुङ उद्योग बाणिज्य संघका अध्यक्ष भरतकुमार श्रेष्ठले बताउनुभयो।

संस्कृतविद्का अनुसार जंगबहादुर राणाकी बहिनी डम्बरकुरमारीले आफ्ना दाजुलाई खुशी बनाउनका लागि पहिलो पटक टोपी बनाएर उपहार दिनुभएको थियो । नेपालबाहिर रहेका नेपाली र नेपाली भाषीहरुले पनि नेपाली टोपी लगाउँदै आएका छन् ।नेपाली टोपीको साइनो बंगलादेशको ढाका, कश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ । नेपालका विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका भाद्गाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा प्रयोग गर्दै आएका छन् । नेपाली टोपीको प्रयोगलाई संसारभर व्यापक बनाउन टोपी दिवसको सान्र्दभिकता रहेको जनजाती महासंघ लमजुङका अध्यक्ष रामकुमार श्रेष्ठले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...