सुरक्षित नेपाल आजका युवाबाटै निर्माण हुन्छ

Published on

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षता शुक्रबार २८ औं भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठक सम्पन्न भएको छ। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना गरेको बैठकमा बोल्नुहुँदै गृहमन्त्री अर्यालले नेपालमा हुन सक्ने कुनै पनि विपद् जोखिम न्यूनीकरण तथा यसका व्यस्थापनका पक्षमा कानूनी र संरचनागत व्यवस्थापनले मात्रै पर्याप्त नहुने भएकाले यसको प्रभावकारी कार्यान्वयन अहिलेको मुख्य चुनौती रहेको बताउनु भएको छ।  

राष्ट्रिय भूकम्प सुरक्षा दिवसलाई हामीले पोस्टर टाँस्ने, औपचारिक कार्यक्रम गर्ने, एक दिनको सचेतना फैलाएर सकिने कार्यक्रमका रूपमा सीमित गर्नु नहुने बताउनु हुँदै मन्त्री अर्यालले भन्नभयो, ‘‘यसलाई हामीले विद्यालय, अस्पताल, सरकारी कार्यालय, उद्योग तथा समुदायसम्म पुग्ने, भूकम्प सुरक्षित निर्माण, सुरक्षित बसोबास र सुरक्षित व्यवहार प्रवर्द्धन गर्ने, दीर्घकालीन जनचेतना अभियानको रूपमा रूपान्तरण गर्दै लाग्नु पर्छ।’’ उहाँका अनुसार सरकारले पछिल्ला वर्षहरूमा भूकम्प तथा बहुविपद् जोखिम न्यूनीकरणका लागि महत्वपूर्ण नीतिगत तथा संरचनात्मक पहलहरू गरेको छ। भूकम्प सुरक्षा दिवस राष्ट्रिय मूल समारोह समितिलाई स्पष्ट निर्देशन दिनुहुँदै मन्त्री अर्यालले भन्नुभयो, ‘‘हाम्रा कार्यक्रमहरु परिणाममुखी होस् भाषणमुखी होइन, व्यवहार परिवर्तनमा केन्द्रित होस्। विद्यालय र युवालाई केन्द्रमा राखियोस्, किनकि भोलिको सुरक्षित नेपाल आजका युवाबाटै निर्माण हुन्छ। स्थानीय तहको सक्रिय सहभागिता सुनिश्चित गरियोस्।’’

भूकम्पको पहिलो प्रतिकार्य स्थानीय तहबाटै सुरु हुनेभन्दै, मन्त्री अर्यालले, सुरक्षा निकाय र समुदायबीच कृत्रिम अभ्यास (मक ड्रिल) हरुलाई प्राथमिकता दिन निर्देशन दिनुभयो। भूकम्प र अन्य विपदबाट बच्न भवन संहिता कार्यान्वयनको सन्देश कडा रूपमा प्रवाह गर्न जरुरी रहेको र यसका कुनै खाले सम्झौता नगर्न पनि मन्त्री अर्यालेले निर्देशन दिनुभयो।  भूकम्प सुरक्षा केवल सरकारको मात्र दायित्व नभएको बताउनु हुँदै मन्त्री अर्यालले भन्नु भयो, यसका लागि निजी क्षेत्र, विकास साझेदार, सञ्चार माध्यम, नागरिक स्वयंको भूमिका पनि अहम् हुन्छ र सबैको साझा प्रयास बिना सुरक्षित नेपाल सम्भव छैन।

गृहमन्त्री अर्यालका अनुसार, ‘‘हाम्रा पूर्वतयारी तथा जोखिम न्यूनीकरणको प्रयत्नबाट हाम्रो जोखिमलाई धेरै कम गर्न सकिने भएकाले सुरक्षित,सक्षम र विपद् उत्थानशील नेपाल निर्माणतर्फको साझा संकल्पको खाँचो छ।’’ यस्तै, बैठकले यस वर्षको भूकम्प सुरक्षा दिवसको मूल नारा ‘सबै तहको सरकार, सबै नागरिकको तयारी ः भूकम्प उत्थानशील नेपाल अबको जिम्मेवारी’ भन्ने तय गर्दै पारित गरिएको छ। यस्तै, बैठकले माघ २ गते मनाइने मूल समारोहको कार्यकमको प्रमुख अतिथिको रुपमा प्रधानमन्त्री सुशिला कार्कीलाई आमन्त्रण गर्ने प्रस्ताव बैठकले पारित गरेको छ।  

कुल ८० सदस्सीय हुने मूल समारोह समितिको बैठकमा गृह सचिव राज कुमार श्रेष्ठ, विभिन्न मन्त्रालयका सचिव, काठमाडौँ महानगरपालिकाका उपप्रमुख ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रमुख र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, नेपाल सेनाका सहायक रथी र विपद् जोखिम न्यूनीकरण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतको उपस्थिति रहेको थियो। गोरखापत्र

spot_img

ताजा समाचार

सुनचाँदीको मूल्य हालसम्मकै उच्च

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । चार दिनको अन्तरालमा...

बाँकेमा मिनी रङ्गशाला अधूरै

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले एक करोड रुपियाँभन्दा बढी खर्च गरेको बाँकेको खजुरा गाउँपालिकास्थित...

निर्वाचनका लागि माहोल तयार भइसकेको छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनपछि देशमा अभिभावकीय भूमिका नरहेको अवस्थामा गैरदलीय नागरिक...

बाँकेमा जलपन्छी गणना

काठमाडौं । बाँकेका विभिन्न तालतलैया, सिमासर क्षेत्र, जलाशय क्षेत्र तथा नदी क्षेत्रमा पानीमा आश्रित...