नेपाली कांग्रेसमा पुस २८ भित्र विशेष महाधिवेशन गर्न दबाब

Published on

काठमाडौं । नेपाली काँग्रेसभित्र विशेष महाधिवेशन पक्षधरहरूले पुस २८ भित्रै विशेष महाधिवेशन गर्न दबाब तीव्र पारेका छन् । विशेष महाधिवेशन पक्षधरहरूले शुक्रबार पत्रकार सम्मेलन गर्दै पार्टी विधानले तोकेको व्यवस्था अनुसार विशेष महाधिवेशन अनिवार्य रूपमा सम्पन्न गर्नुपर्ने बताएका छन् । उनीहरूले विशेष महाधिवेशन महाधिवेशन प्रतिनिधिहरूको वैधानिक अधिकार भएको दाबी गरेका छन् ।

नियमित महाधिवेशन हुन नसकिएको अवस्थामा ४० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरी माग गरेको विशेष महाधिवेशन गर्नुपर्ने विधानको बाध्यकारी व्यवस्था रहेको उनीहरूको भनाइ छ । विशेष महाधिवेशन पक्षधर नेता सुवास पोखरेलले असोज २९ गते दर्ता भएको विशेष महाधिवेशनको माग अझै जीवित रहेको र यसको कार्यान्वयन पार्टी नेतृत्वको अनिवार्य कर्तव्य भएको बताउनु भयो । उहाँले नेपाली कांग्रेससँग विशेष महाधिवेशनबाहेक अन्य कुनै विकल्प नरहेको उल्लेख गर्नुभयो ।

लोकतान्त्रिक पार्टी भएर पनि विधानको बाध्यकारी व्यवस्था पालना नगरे संविधान र विधिको वकालत गर्दै नागरिकसमक्ष जान पार्टीसँग नैतिक आधार नरहने उहाँको भनाइ छ । विधानले तोकेको समय सीमाभित्र अर्थात् २०८२ पुस २८ भित्र विशेष महाधिवेशन अनिवार्य रूपमा सम्पन्न गर्नुपर्ने भएकाले पुस २७ र २८ गते विशेष महाधिवेशन गर्न माग गरिएको उहाँले बताउनु भयो । विशेष महाधिवेशनले पार्टीमा विभाजन होइन, एकता कायम गर्ने पक्षधरहरूको दाबी छ । उनीहरूले पार्टी फुटको पक्षमा आफूहरू नरहेको पनि स्पष्ट पारेका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...