तनहुँमा एमालेद्वारा उम्मेद्वार सिफारिस

Published on

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले तनहुँले दुवै निर्वाचन क्षेत्रबाट उम्मेदवारहरूको नाम सिफारिस गरी केन्द्रमा पठाएको छ । सम्बन्धित निर्वाचन क्षेत्र समन्वय कमिटीहरूको बैठकले आकाङ्क्षीहरूको सूची प्राथमिकतासहित सिफारिस गर्ने निर्णय गरेको हो । शनिबार दमौलीस्थित पार्टी कार्यालयमा बसेको निर्वाचन क्षेत्र नम्बर–१ को समन्वय कमिटी बैठकमा प्रतिनिधिसभा सदस्यका लागि आठ जनाले आकाङ्क्षा व्यक्त गरेका थिए । आकाङ्क्षीहरूमा भगवती न्यौपाने, प्रतापलाल श्रेष्ठ, रामबहादुर गुरुङ, प्रेमकुमार राना, शोभा गुरुङ, मोहन विश्वकर्मा, अनिल पाण्डे र पूर्णबहादुर गुरुङ हुनुहुन्छ ।

तीमध्ये कमिटीले प्राथमिकताको आधारमा एक महिलासहित तीन जनाको नाम केन्द्रमा सिफारिस गरेको छ । सिफारिसमा परेकाहरूमा भगवती न्यौपाने, प्रतापलाल श्रेष्ठ र रामबहादुर गुरुङ रहनुभएको छ । निर्वाचन क्षेत्र नम्बर–२ को समन्वय कमिटी बैठकमा ११ जनाले उम्मेद्वार बन्ने इच्छा व्यक्त गरेका थिए । आकाङ्क्षीहरूमा केदार सिग्देल, किरण गुरुङ, नरेन्द्रराज वाग्ले, हरिराज कँडेल, राजेश्वर ढकाल, नारायण खनाल, रत्नादेवी घिमिरे, बाबुराम सुनार, विष्णु अधिकारी पराजुली, रामचन्द्र उपाध्याय र चन्द्रकला पौडेल रहनुभएको थियो । उक्त क्षेत्रबाट पनि प्राथमिकताका आधारमा केदार सिग्देल, किरण गुरुङ र रत्नादेवी घिमिरेको नाम सिफारिस गरिएको छ । एमाले तनहुँका उपाध्यक्ष राजेश्वर ढकालका अनुसार प्राथमिकतामा परेका नामहरूसँगै बैठकमा सहभागी सबै आकाङ्क्षीको नामावली पनि केन्द्रमा जस्ताको तस्तै पठाइएको छ । यसबाट अन्तिम उम्मेद्वार छनोटमा पार्टी केन्द्रीय नेतृत्वलाई सबै सम्भावित विकल्पहरू उपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो ।

समानुपातिकको बन्द सूचीमा तनहुँ शून्य 
यसैगरी, निर्वाचन आयोगमा राजनीतिक दलहरूले बुझाएको समानुपातिकतर्फको बन्द सूचीमा तनहुँ जिल्लाबाट एमालेका कुनै पनि नेता परेका छैनन् ।  प्रतिनिधित्व शून्य भएपछि जिल्लाका नेता तथा कार्यकर्ताहरूमा निराशा छाएको छ । जिल्ला कमिटीले समानुपातिक उम्मेद्वारका लागि सविता रसाइली, एकबहादुर राना, प्रतापलाल श्रेष्ठ र मोहनकुमार सुनारको नाम केन्द्रमा सिफारिस गरेको थियो । तर पार्टीको केन्द्रीय नेतृत्वले जिल्लाको सिफारिसलाई बेवास्ता गर्दै बन्द सूचीमा तनहुँबाट कसैलाई पनि समावेश नगरेको पाइएको छ । पार्टीको यो निर्णयप्रति सामाजिक सञ्जाल र स्थानीय स्तरमा तीव्र प्रतिक्रिया आइरहेका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

साफ फुटसल : माल्दिभ्ससँग हारेपछि नेपाल बाहिरियो

काठमाडौं । नेपालले थाइलायन्डमा जारी साफ फुटसल च्याम्पियनसिपबाट बाहिरिएको छ । नोन्थाबुरी स्टेडियमको फुटसल...

मानव इतिहास खोजिँदै, भेटिए भाँडाका टुक्रा

काठमाडौं । चुरे क्षेत्रको बीचमा पर्ने दाङ तुलसीपुर उपमहानगरपालिका–१३ स्थित ‘तुई’ उपत्यकामा मानव सभ्यताको...

कराची मल आगलागीमा मृतक सङ्ख्या ५५ पुग्यो

काठमाडौं । पाकिस्तानको सबैभन्दा ठुलो सहर कराचीस्थित एक मलमा भएको भीषण आगलागीमा ज्यान गुमाउनेको...

अफगानिस्तानमा आम नागरिकमाथि भएको आक्रमणको राष्ट्रसंघीय सुरक्षा परिषद्द्वारा निन्दा

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्का सदस्यले अफगानिस्तानको राजधानी काबुलको रेस्टुरेन्टमा भएको आक्रमणको कडा...