तिलौराकोट क्षेत्रका पुरातात्विक जग्गा अधिग्रहण गर्न मुआब्जा

Published on

काठमाडौं । प्राचीन कपिलवस्तु राज्यको राजधानी नगर तिलौराकोट क्षेत्र वरिपरि रहेका महत्वपूर्ण पुरातात्विक स्थल संरक्षणका लागि जग्गा अधिग्रहण गरिने भएको छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पुरातत्व विभागको प्रस्तावमा जग्गा प्राप्ति ऐन, २०३४ अनुसार जग्गा अधिग्रहण तथा मुआब्जा निर्धारण गर्न लागिएको हो । पुरातत्व विभागका प्रवक्ता एवम् प्रमुख पुरातत्व अधिकृत राम बहादुर कुंवरका अनुसार शुक्रबार मुआब्जा (मूल्य) निर्धारण समितिको बैठकले अधिग्रहण गरिने जग्गाको वर्गीकरण गरी मुआब्जा दर तोकिएको बताउनुभयो । 

बैठकको निर्णयबाट पिच सडकमा जोडिएको जग्गाको प्रतिकठ्ठा १८ लाख १६ हजार ५ सय रुपैयाँ र कृषि योग्य जग्गाको प्रतिकठ्ठा ८ लाख ७६ हजार ७ सय ५० रुपैयाँ मुआब्जा निर्धारण गरिएको उहाँले बताउनुभयो । आर्थिक वर्ष २०८२-८३ मा अधिग्रहण हुने जग्गा गोबरी ८ क अन्तर्गतका कित्ता नम्बर १२, १९, २१, २२, २४, ६४४, १७३१ र १७८८ तथा मालपारा ४ क अन्तर्गतका कित्ता नम्बर १२, १३, १४, ३२, ३३, ३४, ३५, ३६, ३८, ४१, १२४७, १२४८, १५९०, १६८४, २३७३, २५४४ र २१ रहेका छन् । त्यस्तै सहायक पिच बाटोले छोएको मालपारा १ ख को कित्ता नम्बर ६७६ (घर समेत) र मालपारा ४ क को कित्ता नम्बर १८४४ समेत अधिग्रहण सूचीमा समावेश गरिएको छ ।

कपिलबस्तुका सहायक प्रमुख जिल्ला अधिकारी पदम लाल लामिछानेले विश्व सम्पदा सूचीमा सूचिकृत गर्ने लक्ष्यसहित तिलौराकोट क्षेत्रको दीर्घकालीन संरक्षणका लागि जग्गा अधिग्रहण प्रक्रिया अघि बढाइएको बताउनुभयो । उहाँले तोकिएको म्यादभित्र आवश्यक कागजातसहित मुआब्जा दाबी गर्न जग्गाधनीहरूलाई आग्रह समेत गर्नु भएको छ । युनेस्कोले सन् १९९६ मै ऐतिहासिक पुरातात्विक स्थल तिलौराकोटलाई सम्भावित विश्वसम्पदा सूचीमा राखेको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

सप्तरीमा समानुपातिकतर्फ १६ हजारभन्दा बढी मत बदर

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । अन्तिम...

महिलालाई लेखन कार्यमा सक्रिय हुन आह्वान

काठमाडौं । प्रवासी भूमिमा नेपाली भाषा र साहित्यको क्षेत्रमा क्रियाशील महिलालाई लेखन कार्यमा उत्प्रेरित...

राष्ट्रिय लिग : एनआरटी र लालीगुराँसको बराबरी

काठमाडौं । न्युरोड टिम (एनआरटी) र लालीगुराँस एसोसिएसनले एन्फा राष्ट्रिय लिग फुटबलमा बराबरी खेल्दै...

यस वर्ष मलखादको अभाव हुँदैन : कृषिमन्त्री डा. परियार

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले यस वर्ष मुलुकमा मलखादको अभाव...